• १७ पुस २०८१, बुधबार

श्रीलङ्काको राजदूतमा पूर्णबहादुर नेपालीको नाम अनुमोदन

blog

सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक ।

काठमाडौं, पुस १४ गते । श्रीलङ्काका लागि नेपाली आवासीय राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत अनुमोदन भएको छ ।

आइतबार सिंहदरबारमा बसेको सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले नेपालीलाई श्रीलङ्काको आवासीय राजदूत र माल्दिभ्सका लागि गैरआवासीय राजदूतमा अनुमोदन गरेको हो ।

बैठकपछि समिति सभापति ईश्वरीदेवी न्यौपानेले समितिले सर्वसम्मत रूपमा नेपालीको नाम अनुमोदन गरेको बताउनुभयो । सरकारले गत मङ्सिर १६ गते नेपालीलाई प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका लागि नेपालको आवासीय राजदूत र गणतन्त्र माल्दिभ्सको गैरआवासीय नेपाली राजदूत पदमा प्रस्ताव गरी पठाएको थियो ।

समितिले राज्यका कुनै पनि निकायमा सिफारिस गर्दा समावेशितामा ध्यान दिन आग्रह गरेको छ । समितिले राजदूतमा सिफारिस गर्दा समावेशी बनाएको भन्दै सरकारलाई धन्यवादसमेत दिएको छ ।