• १७ पुस २०८१, बुधबार

हाप्किडोमा लुम्बिनी पहिलो

blog

प्रतियोगितामा पदक विजेता खेलाडीहरू । तस्बिर : गोरखापत्र

सिराज खान 

नेपालगन्ज, पुस १४ गते । दोस्रो प्रोफेसनल हाप्किडो नेसनल च्याम्पियनसिपमा लुम्बिनी प्रदेशले पहिलो भएको छ । 

नेपालगन्जस्थित रङ्गशालामा सम्पन्न प्रतियोगितामा लुम्बिनीले सर्वाधिक १७ स्वर्ण, १३ रजत र सात कांश्य पदक जित्दै पहिलो भएको हो । 

सुदूरपश्चिम प्रदेशले ११ स्वर्ण, नौ रजत र आठ कांश्य पदक जितेर दोस्रो भयो । कोशी प्रदेशले ६ स्वर्ण, सात रजत र सात कांश्य पदक जितेर तेस्रो भयो । 

यसैगरी सेल्फ डिफेन्स डेमोस्ट्रेसनमा पनि लुम्बिनी प्रदेशले सबैभन्दा बढी अङ्क प्राप्त गरेर पहिलो भएको छ । कोशी दोस्रो र बागमती तेस्रो भयो । 

प्रतियोगिताका पुरुषतर्फको उत्कृष्ट खेलाडी सुदुरपश्चिमका नविनबहादुर धामी र महिलातर्फ लुम्बिनी प्रदेशकी विनिता केसीलाई घोषित हुनुभयो । उदयमान खेलाडी राजकुमार महता हुनुभयो  

बागमतीका प्रसन्न आचार्य र सुदूरपश्चिमकी विमला थापामगरलाई घोषित गरिएको छ । उत्कृष्ट प्रशिक्षक सुदूरपश्चिमका वीरबहादुर सारुमगर र लुम्बिनीकी  एलिशा खड्कालाई घोषित हुनुभयो । 

शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा सात प्रदेशका तीन सय ५० जना खेलाडीले ५२/५२ स्वर्ण, रजत र कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।