• १७ पुस २०८१, बुधबार

बालविवाह गर्ने बेहुलासहित आफन्त पक्राउ

blog

काल्पनिक चित्र ।

राजकुमार भट्टराई

खोटाङ, पुस १४ गते । खोटाङमा बालविवाह गर्ने बेहुलासहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङले बालविवाह गर्ने युवकसहित दुई जनालाई पक्राउ गरेको हो । 

१३ वर्षीय बालिकासँग विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न आफन्त कमला राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

गत पुस ८ गते बालिकासँग विवाह गर्ने रमेशलाई पुस १२ गते र कमलालाई पुस १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक मोहन पोखरेलले बताउनुभयो । पक्राउ परेका दुबै जनाविरुद्ध बालविवाह अन्तरगतको मुद्दा चलाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको महिला विकास शाखाले मङ्सिर १४ र १५ गते जालपामा वाल विवाह न्यूनीकरण सम्बन्धी क्षमता विकास तालिम गरेको थियो । सोही कार्यक्रमको प्रभाव स्वरुप बालविवाहसम्बन्धी सूचना प्रहरीलाई पुगेको थियो ।