सात महिनाअघि पुलको लट्ठा चुँडिएर खच्चड फसेको कर्णाली नदीको झोलुङ्गे पुल अझै मर्मत हुन सकेको छैन । पुल मर्मत नहुँदा स्थानीय जोखिमपूर्ण अवस्थाबाट ओहोरदोहोर गर्न बाध्य भएका छन् ।
सिमकोट गाउँपालिका–८ को स्याँडागाउँको चरीचौरमा सुविधासम्पन्न विद्यालय भवन निर्माण भएर सञ्चालनमा आएको छ ।
प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कार्यालय सचिव अनिलकुमार विष्टका अनुसार प्रतियोगिता यही पुस १९ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा हुने भएको हो ।
अमेरिकामा रहेका म्याग्दीका सुजनप्रसाद गौतम नेतृत्वको अनुसन्धानकर्ताहरुको टोलीले नेपालमा सौर्य गतिविधि र वर्षाको सम्बन्धका विषयमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।
व्यावसायिक रुपमा सञ्चालित अटो रिक्साको सङ्ख्या बृद्धि हुन थालेसँगै सिरहाको मुख्य बजार लहानमा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ । साँघुरो सडक र जभाभावी अव्यवस्थित ढङ्गले अटो रिक्सा चलाउँदा सवारी दुर्घटनाको जोखिम पनि बढेको छ ।
सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइँदै छ ।
वाटरगेट काण्ड र भियतनाम युद्धपछि राष्ट्रपति पद जित्ने बदाम किसान जिम्मी कार्टरले ह्वाइट हाउसको कार्यकालपछि विश्वव्यापी मानवतावादीको रूपमा जीवनलाई पुनः परिभाषित गर्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालयले नाबालिकासँग विवाह गर्ने युवक (बेहुला)सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकामा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न बालिकाको आफन्त कमला राईलाई प्रहरीले पक्राउ गरेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
सडक किनारमा रहेको एउटा सानो छाप्रोमाथि फाटेका जडौरा लुगा छन् ।
करण नेपाली डोटीबाट तराई झरेको ४२ वर्ष पुग्यो । कैलाली जिल्लाको कैलारी गाउँपालिका–४ मा उहाँको साढे दुई कट्ठा जमिन छ तर त्यसको लालपुर्जा छैन । “जग्गाको लालपुर्जा पाउने आसमा चार दशक बितिसक्यो,” उहाँले भन्नुभयो, “अहिलेसम्म पाइएको छैन ।
न्युयोर्क, पुस १५ गते । नेपाली काँग्रेस जन सम्पर्क समिति अमेरिकाको आयोजनामा न्युयोर्कमा राष्ट्रिय मेल मिलाप दिवस मनाइएको छ । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य किरण पौडेलले मेलमिलापको नीति विकास राजनीति र समाज रूपान्तरणमा सधैँ सहयोगी हुने बताउनु भयो।कार्यक्रममा अमेरिकामा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूले विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरूको नेपाली नागरिकता सम्बन्धमा प्रस्ट नीति नेपाल सरकारबाट आउनु पर्ने माग गर्नु भयो। नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समीर जङ्ग शाह र काँग्रेस महासमिति सदस्य कान्छा लामा लगायतले बिचार व्यक्त गर्नुभएको थियो ।
उच्च शिक्षा अध्ययन गरेका विद्यार्थीका निम्ति कतिपय दिन अति महत्वपूर्ण हुने गर्छन् ।
नेपालमा अहिले अधिकांश समय विकास, प्रशासन र अर्थतन्त्रमा बहस हुने गरेको छ ।