स्याङ्जाको निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का झविलाल डुम्रे विजयी हुनुभएको छ।
इलाम निर्वाचन क्षेत्र – १ मा जारी मतगणनामा नेकपा एमालेका काजीमान कागतेले अग्रता बढाउँदै जानुभएको छ ।
काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो ।
श्रीलङ्का सरकारले उद्धार गरिएका २२ जना इरानी नाविकलाई अस्पतालबाट रिहा गरेको छ । उहाँहरूलाई अमेरिकी पनडुब्बीद्वारा डुबाइएका युद्धपोतबाट बचाइएका थिए । नाविकलाई गालेस्थित करापितिया अस्पतालमा बुधबारदेखि उपचार दिइएको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ को घटना जाँचबुझ आयोगबाट प्राप्त प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा लगिने बताउनुभएको छ ।
मध्यपूर्वमा चर्किदै गएको युद्धका बिच इरानले आफ्नो सेना अमेरिका र इजरायलविरुद्ध महिनौँसम्म तीव्र लडाइँ गर्न सक्षम रहेको दाबी गरेको छ । इरानको रिभोलुसनरी गाड्र्सले आइतबार वर्तमान गतिमा युद्ध जारी रहे पनि इस्लामिक गणतन्त्रको सैन्य क्षमता कम्तीमा छ महिनासम्म तीव्र सङ्घर्ष धान्न सक्ने बताएको हो ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) फराकिलो मतान्तरले विजयी हुनुभएको छ।
बाख्लो हिउँ जमेर तीन महिनादेखि अवरुद्ध भएको वारागुङ मुक्तिक्षेत्र गाउपालिका–५, साङ्ता गाउँ जोड्ने सडक नियमित गर्न प्रमुख जिल्ला अधिकारी अतिजा शर्माले निकै मेहनत गर्नुभयो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न न्यायिक आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउनुभएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला तीन दिनको अवधिमा अमेरिकी सेनाले इरानका ४२ वटा नौसैनिक जहाज नष्ट गरेको दाबी गर्नु भएको छ । फ्लोरिडा राज्यको डोराल शहरमा आयोजित ‘शील्ड अफ द अमेरिकाज समिट’ कार्यक्रममा पश्चिमी १२ देशका नेतालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको छ ।
चीनका विदेशमन्त्री वाङ यीले मध्यपूर्वमा फैलिएको युद्धप्रति कडा असन्तोष व्यक्त गर्दै अन्तर्राष्ट्रिय विवाद समाधानका लागि शक्ति प्रयोगभन्दा संवाद र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
रौतहट क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रबिन्द्र पटेल भारी मतान्तरले विजयी हुनु भएको छ ।
बर्दियाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा भारी मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पोखरेल अगाडि बढ्नु भएको छ ।
प्रत्यक्षतर्फ मतगणना सकिएको हिमाली जिल्ला हुम्लामा समानुपातिक मत गणना पनि सुरु भएको छ।
मकवानपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश गौतम प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ। प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार यस क्षेत्रमा खसेको कुल ९५ हजार ३१० मतमध्ये गौतमले ३६ हजार ३३ मत प्राप्त गरी विजयी हुनुभएको हो।