महोत्तरी क्षेत्र नम्बर ४ बाट पनि राष्ट्रिय (रास्वपा) उम्मदेवार गौरीकुमारी विजयी हुनुभएको छ । यो जीतसँगै महोत्तरीको चारवटै संसदीय निर्वाचन क्षेत्रमा रास्वपाले कब्जा जमाएको छ ।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सल्यान प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा समानुपातिकतर्फको मतगणनामा नेपाली कम्युनिष्ट पार्टी अग्रस्थानमा देखिएको छ।
सुनसरी निर्वाचन क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लालविक्रम थापाले झण्डै तेब्बर मतान्तरले विजयी हुनुभएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल भएको बताउनुभएको छ ।
हिमाली जिल्ला हुम्लाका मतदाताले समानुपातिक मतगणना भइरहँदा नेपाली काँग्रेसले अग्रता लिएको छ ।
नेपाल फुटबल खेलाडी सङ्घले आइतबार विभिन्न तीन वुँदे माग राख्दै ललितपुरको सातदोवाटोस्थित एन्फा मुख्यालयमा तालाबन्दी गरेका हुन् ।
पाल्पाका तीन जना युवाले महाकाली-मेची साइकल यात्रा गर्ने भएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ शान्तिपूर्ण र निष्पक्ष ढङ्गले सम्पन्न भए पनि लैङ्गिक, अपाङ्गता तथा समावेशी मैत्री प्रक्रियामा भने धेरै सुधार गर्नुपर्ने देखिएको एक छलफल कार्यक्रममा बताइयो ।
सल्यानबाट पहिलो मौकामा नै प्रतिनिधीसभामा स्थान बनाउन सफल नेपाली कम्युनिष्ट पार्टीका नेता रमेश कुमार मल्लले राप्ती लोकमार्ग, मदनभण्डारी लोकमार्गलाई आधुनिक सडकको रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले नागरिकसँग गरेको वाचा इमान्दारीपूर्वक पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
बार्सिलोना स्पेनिस ला लिगाको उपाधितर्फ लम्किएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको क्लबलाई उसैको मैदानमा १–० गोलले हरायो ।
नेपालमा कुष्ठरोग सम्बन्धी विद्यमान विभेदपूर्ण कानुनका कारण प्रभावित व्यक्तिहरू अझै सामाजिक, कानुनी र आर्थिक रूपमा पीडित भइरहेको भन्दै सरोकारवालाहरूले कानुन संशोधनको आवश्यकता औँल्याएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १२२ क्षेत्रमा विजयी भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा समानुपातिकतर्फको मतगणना सुरु गरिएको छ ।
देशका विभिन्न भागमा रहेका प्रहरी कार्यालयबाट शनिबार गस्तीमा रहेको प्रहरी टोलीले कानुनले बर्जित गरेका चिकित्सकीय औषधि र लागुपदार्थसहित आठ जनालाई पक्राउ गरेको छ ।