मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा सर्वसाधारणको प्रवेशका लागि नियमित प्रणाली अनुसार प्रवेश पास दिन सुरु गरिएको छ । गृह मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी रवीन्द्र आचार्यले भदौ २३ र २४ गते जेनजी समूहको नाममा भएको प्रदर्शनपछि सिंहदरबारको मूल गेटबाट दिँदै आइएको प्रवेश पास नियमित प्रक्रिया अनुसार पुनः दिन सुरु गरिएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न सबैमा अपिल गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत आज सो अपिल गर्नुभएको हो ।
रुपन्देहीको भैरहवामा सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्धन) सुरु भएको छ ।
जनकल्याण माध्यमिक विद्यालय रामपुर नगरपालिका –१०, रामटारमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । रम्भा –१ हुँगी घर भई हाल अस्ट्रेलियामा रहनु भएका विनोद कडरियाले न्यून आर्थिक अवस्थाका परिवारका ४५ जना विद्यार्थीलाई स्विटर प्रदान गरिएको हो ।
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले देशको वर्तमान अवस्था निकै जटिल अवस्थामा रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल केन्द्रीय कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बस्नेतले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले अब अराजकता अन्त्य गरी देशलाई स्थिरतामा फर्काउन सबै दल एकजुट हुनुपर्ने बताउनु भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चार मन्त्रालय अन्तर्गतका निकायका सबै कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ ।
गृह मन्त्रालयमा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले मुलुकको पछिल्लो सुरक्षा अवस्था, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन तथा समग्र सुरक्षा समन्वयबारे महत्वपूर्ण निर्णयहरू गरेको छ।
जाजरकोटको बारेकोट गाउँपालिका–६ मा लाग्ने परम्परागत कार्कीज्युला मेलामा मंगलबारेमा गोली लागेर एकजना घाइते भएका छन्।
कैद र जरिवाना भुक्तान गर्न बाँकी रहेका २१ जना फरार प्रतिवादीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।
बालगायक निश्चल अधिकारीको स्वर रहेको ‘बालखैमा दिल बस्यो’ गौथली २ को भिडियो सार्वजनिक भएको छ।
मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलमाथि लगाइएको पद अनुकुल आचरण नगरेको प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको छ।
विगतमा भएमा सहमति कार्यान्वयनको माग गर्दै काठमाडौँ उपत्यकाको फोहोर फाल्न अवरोध गर्दै आएका बञ्चरेडाँडाका स्थानीयले एकपछि अर्को नयाँ माग थप्न थालेपछि समस्या समाधानका लागि भएको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ।
नेपाली सेना र मित्रराष्ट्र अमेरिकी सेनाबीच सन् २०१८ देखि सञ्चालन हुँदै आइरहेको नेपाल–अमेरिका स्थल सेनाबीच अनुभव साटासाट तथा छलफल कार्यक्रम (एलएफटी)को छैटौँ संस्करण आजदेखि यहाँ सुरु भएको छ ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश सरकारको सिफारिसमा वर्षे अधिवेशनको रुपमा रहेको बजेट अधिवेशन अन्त्य गर्नुभएको हो ।