९५ वर्षीय सानुमान शाक्यले लेख्नुभएको पुस्तक ‘जिं खनागु इतुंबहाः (मैले देखेको इतुंबहाः)’ को विमोचन गरिएको छ । बौद्ध गुरु प्राडा नरेशमान वज्राचार्य, केशचन्द्र महाविहारका चक्रेश्वर ओमरत्न वज्राचार्य, मूल स्थवीर मणिरत्न शाक्य, केशचन्द्र महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यलगायतले आइतबार संयुक्त रूपमा सो पुस्तक विमोचन गर्नुभयो । काठमाडौँ उपत्यकाका महाविहारमध्ये एक
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा रहेको छ।
बाँकेमा एक जना किसानले वार्षिक २० लाख रुपियाँको गँड्यौला मल उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । नेपालगन्ज उपमहानगरपालिका–१८, तेजनगरका वीरबहादुर हमालले चार कट्ठा जग्गा भाडामा लिएर ६० वटा बेडमार्फत सो मूल्य बराबरको गँड्यौला मल बिक्री गरिरहनुभएको हो ।
तराईका विभिन्न जिल्लामा व्यापारीले आँपको बगैँचा नै खरिदबिक्री गर्न थालेका छन् । आँप उत्पादनका लागि प्रसिद्ध सप्तरीमा यतिबेला व्यापारीले बगैँचामै पुगेर मञ्जरको अवस्था हेरेर मोलतोल गर्न थालेका हुन् । व्यापारीले धेरै रुख भएको बगैँचा नै खरिद गरेका हुन् । राजविराज नगरपालिका–९ का व्यापारी मो. हनिफकले घरनजिकको आँप बगैँचामा रहेका २०/२५ वटा आँपका रूखको मञ्जर करिब ९० हजार रुपियाँमा खरिद गरेको बताउनुभयो । उहाँका अनुसार आँपमा टिकुला लागेपछि मूल्य बढ्ने भएकाले अहिले मञ्जरकै अवस्थामा खरिद गर्दा सस्तो पर्ने हुन्छ
प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रत्यक्षतर्फ एमालेले जित हात पारेको बाँके क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बनेको छ ।
व्यवसायसँगै आइटीमा राम्रो दख्खल राख्ने वालिङ नगरपालिका–१४ छोरेखर्कका झबिलाल डुम्रे संसदको यात्रा तय गर्नुभएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ४९ पैसा र बिक्रीदर १४७ रुपियाँ ०९ पैसा तोकिएको छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य चैत ५ गतेभित्र सम्पन्न गरिसक्ने तयारी गरेको छ । आयोगका अनुसार सोही अनुसार काम गरिरहेको जनाएको छ । फागुन २१ गते मतदान सम्पन्न भएपछि आयोगले पहिलो चरणमा प्रत्यक्षतर्फको मतगणना सुरु गरेको थियो ।
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ फागुन २५ गते सोमबार हुँदै छ । निर्वाचित सदस्यलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ गराउनुहुने छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका प्रतिनिधिसभाका २६ निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् ।
वरिष्ठ गायक, कलाकार तथा सञ्चारकर्मी स्वर्गीय कमल बिके निर्मोहीको १३ औँ दिनको पुण्यतीथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदुवार दीपककुमार साह विजयी हुनुभएको छ ।
नुवाकोट निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा विक्रम तिमिल्सिना विजयी हुनुभएको छ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कास्की जिल्लामा समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो बनेको छ ।
भक्तपुरमा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । भक्तपुर क्षेत्र नं १ मा ४२ हजार ४४० र क्षेत्र नं २ मा ४३ हजार ३३२ गरी कूल ८५ हजार ७७२ मत गणना गरिएको हो ।