कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – १ साम्दोका महिलाहरुले भेडाको उनलाई कला र आम्दानीमा बदल्दै लगेका छन् ।
जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको नलगाड नगरपालिका–१ चीउरीमा गए राति ८ बजे भे २ त ५७९ नम्बरको ट्याक्टर दुर्घटनामा परी सोही ट्याक्टरका सहचालक २८ वर्षीय कर्णबहादुर विकको मृत्य भएको हो ।
नेपाली क्रिकेटप्रेमी अहिले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को महामहोत्सवमा झुमेका छन् । खेतभरि झुलेको धान उठाउने यो मङ्सिर महिना क्रिकेटप्रेमीका निम्ति एनपिएलकै आकर्षणले मुग्ध बनाउँदै छ ।
बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न देशमा आज विश्व बाल दिवस मनाइँदै छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । बिहीबारदेखि नगरदर्शन कार्यक्रमसँगै सप्ताहव्यापी धार्मिक पर्व औपचारिक रूपमा सुरु हुँदैछ ।
बाँकेमा परम्परागत कालानमक धानको जात हराउँदै गएको छ । यहाँका किसान लगानीअनुसारको प्रतिफल नपाइएको भन्दै व्यावसायिक खेतीतर्फ उन्मुख हुँदै गएपछि यो जातको धान लोप हुँदै गएको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको मध्यविन्दुमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । स्कुटरको पछाडि बस्ने एकजना घाइते भएका छन् ।
स्थानीय स्रोत र रैथाने सीपमा आधारित हस्तकलाका सामग्रीमा आकर्षण घट्दै गएको छ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा आयोजित बालाचतुर्दशी मेलामा विगतमा चोयाबाट निर्मित यस्ता सामग्रीको माग उच्च हुने गरे पनि यसपटक त्यस्तो नपाइएको व्यवसायीले गुनासो गरेका छन् ।
यहाँको लहान नगरपालिकाले मुख्य बजार क्षेत्र हुलाकचोकमा आधुनिक सार्वजनिक शौचालय निर्माण सुरु गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले बुधबार शिलान्याससँगै लहानलाई स्वच्छ, सुरक्षित र पर्यटकीय दृष्टिले आकर्षक सहर बनाउने लक्ष्यमा यो परियोजना महत्त्वपूर्ण कदम भएको बताउनुभयो ।
जिल्ला अस्पताल बैतडीमा हाल सम्म बिरामीलाई रगत अभावका भयो भने सेना–प्रहरीलाई गुहारिनु पर्ने अवस्था रहेको थियो । अब उक्त समस्यालाई मध्यनजर गर्दै जिल्ला अस्पतालमै ब्लड बैंक स्थापना गर्ने तीव्र तयारी भइरहेको छ ।
नेपालसँग सिमाना जोडिएको एक प्रमुख भारतीय राज्य विहारमा आज नयाँ सरकारले बहाली गर्दैछ । मंगलबारसम्मको स्थितिले देखाए अनुसार, मुख्यमन्त्री पदमा जनता दल (युनाइटेड) का नेता नितिश कुमारले पुनः शपथग्रहण गर्दैछन् । राजधानी पटनाको गान्धी मैदानमा हुन लागेको विशेष समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित रहने जानकारी प्रेसमा आइसकेको छ ।
रोहित पौडेलको कप्तानीमा लुम्बिनी मैदानमा उत्रन लागेको हो भने कुशल मल्लको नेतृत्वमा चितवन राइनोजले स्पर्धा गर्दैछ ।
१८ बुँदे तत्काल सुधार कार्य योजनाको कार्यान्वयन गर्दै पश्चिम नवलपरासीको इलाका प्रशासन कार्यालय, सेमरीबाट औपचारिक रुपमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवा प्रारम्भ भएको छ ।