पछिल्लो समयमा अनलाइनबाट ठगी हुने क्रम बढेको भन्दै नेपाल प्रहरीले त्यसबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सार्वजनिक सूचना जारी गरेर अनलाइन ठगीबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको हो ।
गोरखाका चुमनुब्री गाउँपालिका बाहेक अन्य १० पालिका भित्र रहेका किसानहरु अहिले धान भित्र्याउन व्यस्त छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बस्ने भनिएको बैठक स्थगित भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज स्थगित बैठक यही मङ्सिर ६ गते शनिबार दिउँसो १ बजे बस्ने जानकारी दिनुभयो ।
बाँकेका पाँच वटा स्थानीय तहबिच सीमा विवाद रहेको पाइएको छ । जिल्ला समन्वय समिति बाँकेको समन्वयमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले आयोजना गरेको जिल्ला स्तरीय समन्वय तथा सल्लाहकार बैठकमा सो विवाद सार्वजनिक भएको हो ।
पश्चिम नवलपरासीको गण्डक कमाण्ड क्षेत्रमा यस वर्ष गरिने महत्वपूर्ण सिँचाइ तथा नदी नियन्त्रणका कामहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न नेपाल र भारतका प्राविधिक टोलीले संयुक्त अनुगमन गरेका छन्।
दाङमा जेनजी आन्दोलनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न २७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आगामी सोमबार बस्दैछ । यसपटकको हिउँदे अधिवेशनमा बाँकेका प्रदेश सभा सदस्यहरुले लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा प्राप्तिको विषयलाई आफ्नो प्रमुख एजेण्डाको रुपमा बनाउने बताएका छन् ।
हिमाली सांस्कृतिक पहिचान बोकेको मनाङको प्राचीन भ्राका गुम्बा संरक्षणमा हाल स्थानीय समुदाय तथा निकायहरूको सक्रियता बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको छ ।
जुम्लामा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन फिल्ड कार्यालयको ताला खुलेको छ । सरकारले गत असार महिनामा जुम्लालाई खारेज गरेर हटाएको विरोधमा जुम्लाका राजनीतिकदल, जनप्रतिधि र सरोकारवाला निकायले कार्यालय तालबन्दी गरेका थिए ।
नवलपुर सदरमुकाम कावासोतीमा एकै घरका सात जनालाई रातभर बन्धक बनाएर लुटपाट गरिएको घटना सार्वजनिक भएको छ । गत मङ्गलबार राति कावासोती–८ का ४६ वर्षीय सञ्जय खड्काको घरका सात जनालाई बन्धक बनाएर लुटपाट गरिएको हो ।
अछामको मेल्लेख गाउँपालिकाले करारमा कार्यरत ४८ जना कर्मचारीहरूको नियुक्ति खारेज गरेको छ । गत कात्तिक ३० गते बसेको ७ औं कार्यपालिका बैठकले करारमा कार्यरत ४८ जना अस्थायी कर्मचारीको करार सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।
बाँकेको कोहलपुरमा पश्चिम नेपालकै पहिलो आधुनिक शवदाह गृह निर्माण गरिएको छ । कोहलपुर नगरपालिका—११ स्थित डुडुवा र रोहिनी खोलाको छेउमा सो आधुनिक शवदाह गृहको निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
मकालु बेस क्याम्प क्षेत्र पदयात्राका क्रममा दोलखा जिल्ला मेलुङ गाउँपालिका–७ का ४३ वर्षीय अरुण कार्कीको बेस क्याम्प नजिकै पुगेपछि स्वास्थ्यमा अचानक समस्या भएपछि निधन भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) अन्तर्गतको दुग्ध वितरण आयोजना विराटनगर गम्भीर आर्थिक सङ्कटमा फसेको छ । लामो समयदेखि दुधको भुक्तानी नपाएपछि निराश बनेका किसानहरूले डिडिसीको यस आयोजनालाई दुध उपलब्ध गराउन छाड्दै गएका छन् ।