बसको ठक्करबाट काभ्रेपलाञ्चोकको पाँचखालमा एक पैदलयात्रीको मत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–४ पाँचखालस्थित सडकछेउमा पैदल हिँडिरहेका स्थानीय ६५ वर्षका दिलबहादुर श्रेष्ठलाई बसले बिहान ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको हो ।
ताप्लेजुङमा सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट २ सय ६ जनाले आँखाको ज्योति पाएका छन् । नेपाल नत्र ज्योति सङ्घको आयोजनामा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा तीन दिन सञ्चालन भएको निशुल्क शिविरबाट २ सय ६ जनाले आँखाको ज्योति पाएका हुन् ।
नेपाल बैँक लिमिटेडले डोल्पा सदरमुकाम दुनै बजारस्थित आफ्नो शाखा कार्यालयमा ‘एटिएम’ सेवा थालनी गरेको छ ।
जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४, केशवटार जाने मार्गलाई स्तरोन्नति गरी चक्रपथ ९रिङ्गरोड०का रूपमा विकास गर्न थालिएको छ ।
जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका दुई थान बन्दुक सहित गोली प्रहरीले बरामद गरेको छ ।
जिल्लाको सिञ्जा गाउँपालिका–२ स्थित रनुखानामा निर्माण सम्पन्न भएको झोलुङ्गे पुलबाट करिब चार सय परिवार लाभान्वित भएका छन् । यसअघि, पुल निर्माण नहुँदा स्थानीयवासी र विद्यार्थीलाई यात्रा गर्न समस्या हुने गरेको थियो ।
उपल्लो मुस्ताङ लोघेकर दामोदरकुण्ड गाउँपालिका–५, ध्येगाउँका छिरिङ ढुक्के गुरूङ जलवायु परिवर्तनले पानीको मुहान सुकेपछि बसाइसराई गर्नुभयो ।
जेनजी आन्दोलनका क्रममा विभिन्न प्रहरी कार्यालय तोडफोड, आगजनी र सुरक्षा निकायमाथि आक्रमणका घटनामा संलग्न भएको आरोपमा झापामा एक महिनाको अवधिमा प्रहरीले २९ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
आन्तरिक राजश्व कार्यालय बागलुङले चार जना उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।
सुदूरपहाडका खोलानालामा एक समय छ्यापछ्याप्ति देखिने पानी घट्ट लोप हुने अवस्थामा पुगेका छन् । आधुनिक प्रविधिको तीव्र विस्तार, बजार क्षेत्रमा विद्युत–आधारित पिसाइ मेसिनको वाढ र परम्परागत सीपप्रतिको उदासीनताले अस्तित्व संकटमा परेको हो ।
चालु आर्थिक वर्षको चार महिनामा ८ हजार पाँच सय ४४ जना पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्र भ्रमण गरेका छन् ।
भोजपुरका किसान यो समयमा कोदो थन्काउने काममा व्यस्त छन्। धान भण्डारणको काम सकिएलगत्तै किसानहरू कोदो भण्डारणमा कार्यमा जुटेका हुन्। कोदो भित्र्याउने कामले गाउँ–गाउँमा चहलपहल बढाएको छ ।
गुल्मीको चन्द्रकोट गाउँपालिका-४ शान्तिपुरमा आयोजित चक्रेश्वर मेलामा आयोजना गरिएको खुल्ला भजन प्रतियोगितामा अर्घाखाँचीको हरि ओम भजन कृतन समूह सन्धिखर्क प्रथम भएको छ ।
दाताको सहयोगमा म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरको गजुरमा सुनको जलप र छानामा सुनौलो रङ लगाइएको छ । गलेश्वर निवासी बमबहादुर पुनले रु चार लाख खर्चेर मन्दिरको छानोमा गोल्डेन कलर (सुनौलो) रङ र गजुरमा सुनको जलप लगाउनुभएको हो ।
पछिल्लो समयमा अनलाइनबाट ठगी हुने क्रम बढेको भन्दै नेपाल प्रहरीले त्यसबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सार्वजनिक सूचना जारी गरेर अनलाइन ठगीबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको हो ।