विसं २०७२ मा नेपालको संविधान जारी भएसँगै सङ्घीयता कार्यान्वयनमा आएको हो । सङ्घीयताका मुख्य तीन आयाम हुन्छन्, राजनीतिक, प्रशासनिक र वित्तीय । सामान्यतया राजनीतिक सङ्घीयताले पालिकाहरूको भौगोलिक सीमा निर्धारण र निर्वाचित पदाधिकारीलाई बुझाउँछ भने प्रशासनिक सङ्घीयताले कर्मचारीतन्त्रीय व्यवस्थापकीय पक्षलाई जनाउँछ । राजनीतिक सङ्घीयताले नीति तथा योजना तर्जुमा गर्छ भने प्रशासनिक सङ्घीयताले ती योजनालाई कार्यान्वयन गर्ने जिम्मेवारी वहन गर्छ । यसरी कार्य र कार्यसम्पादनको व्यवस्थापनपछि आवश्यक प
गलकोट समाज जापानले ताराखोला गाउँपालिका भित्रका पाँच माध्यामिक बिद्यालयहरुमा छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ गलकोट समाज जापानका पदाधिकारीहरुको उपस्थितिमा प्रत्यक विद्यालयमा पुगेर पाँच/पाँच लाखको अक्षयकोष रकम हस्तान्तरण तथा कोष स्थापना गरिएको हो ।
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले अब बन्ने सरकारले देशको समस्या पहिचान गर्न जरुरी रहेको बताउनुभएको छ।
दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा लिने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। प्रतिष्ठानका अनुसार आइतबार र सोमबार दुई दिनमा मात्रै दुई हजार ९८ जना बिरामीले स्वास्थ्य सेवा लिएका छन्।
लोकतन्त्र केवल मतदान गर्ने प्रक्रिया मात्र होइन, यो सहिष्णुता, अनुशासन र सभ्य राजनीतिक संस्कारको अभ्यास पनि हो । चुनाव लोकतन्त्रको महत्वपूर्ण उत्सव हो; जहाँ विचार, नीति र नेतृत्वबिच प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धा सकिएपछि परिणामलाई कसरी स्वीकार गरिन्छ भन्ने कुराले लोकतन्त्रको वास्तविक चरित्र प्रकट गर्छ । जितपछि उन्माद देखाउने र हारपछि आव्रmोश पोख्ने प्रवृत्ति लोकतान्त्रिक संस्का
पश्चिम पहाडी क्षेत्रमा भारतबाट आएको वायु प्रदूषणको असर देखिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको गतिविधि सकिन नपाउँदै मौसममा पनि प्रतिकूल प्रभाव देखिएको छ ।
विश्वव्यापी श्रम बजारमा तीव्र परिवर्तन आइरहेको छ । कृत्रिम बुद्धि (एआई) को उदय, अटोमेसन र प्रविधिको द्रुत विकासले रोजगारीका परम्परागत स्वरूपलाई बदलिदिएको छ । हिजोका कतिपय पेसा आज लोप हुँदै छन् भने भोलिका लागि नितान्त नयाँ सिप र दक्षताको माग भइरहेको छ । यस्तो सङ्व्रmमणकालीन परिवेशमा व्यक्तिलाई उसको रुचि, अन्तर्निहित क्षमता र बजारको माग अनुसा
राजनीतिक प्रणाली अनुसार विभिन्न अर्थतन्त्र प्रचलनमा रहे पनि आर्थिक प्रणालीका आधारमा भने मूलतः उपभोगमुखी र उत्पादनमुखी अर्थतन्त्र बढी प्रचलनमा आएका देखिन्छन् । उपभोगमुखी अर्थतन्त्र भन्नाले जनताको अधिकांश आम्दानीको हिस्सा उपभोगमा खर्च गरिन्छ । वस्तु तथा सेवालाई प्राथमिकतामा राखी खर्च गरिने प्रणालीको विकास हुँदा अर्थतन्त्रले गति लिन सक्दैन । जति नै
हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्सरे सेवा बन्द भएको छ । अस्पतालको एक्सरे सेवा बन्द हुँदा उपचारका लागि प्रतिष्ठानमा आएका सेवाग्राहीलाई सास्ती भएको छ ।
फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा स्याङ्जाका दुई वटै क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकमा पनि पहिलो भएको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा सात जना उम्मेदवारको जमानत जफत भएको छ । खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि एक स्वतन्त्रसहित सात उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
केन्द्रीय मानन्धर सङ्घले देशभरका मानन्धर समुदायलाई समेटेर हरेक वर्ष स्वयम्भू भ्वय् (भोज) गर्ने गर्दछ । स्वयम्भू भोज पूर्वको धरानदेखि पश्चिमको नेपालगन्जसम्म सघन बसोबास गर्दै आएका मानन्धर समुदायलाई समेटेर गर्दै आएको परम्परा हो । हजारौँको सङ्ख्यामा सहभागी हुने मानन्धरलाई भोज खुवाउने जिम्मेवारी यो वर्ष काठमाडौँस्थित तँलाछि टोलले लिएको थियो । चस्वांद्वँ मानन्धर सनाःगु खलःले अर्को वर्ष भोज कार्यक्रम व्यवस्थापनको जिम्मेवारी पाएको छ ।
लेखक सुजी मिलरद्वारा लिखित नाटक ‘प्रिमा फसी’ को एउटा चर्चित भनाइ छ, “आफूलाई जे लाग्छ, त्यो सत्य नहुन पनि सक्छ ।” व्यावसायिक मर्यादा, जटिल प्रश्नमाथि खुला बहस र संवाद, बाहिर भनिएको र भित्री सत्यलाई केन्द्रमा राखेर बनाइएको नाटक ‘प्रिमा फसी’ मा जीवनका अनेक आयामलाई प्रस्तुत गरिएको छ । कौसी थिएटरमा मञ्चन भइरहेको नाटक ‘प्रिमा फसी’ मा सामाजिक जागरणका पक्षमा महत्वपूर्ण प्रश्न उठाइएको छ । काननुकर्मीको व्यावसायिक चरित्र, आफूमाथि भएको अन्याय र त्यसपछिको सङ्घर्षलाई नाटकमा मर्मस्पर्शी ढङ्गले प्रस्तुत गरिएको छ