समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
यहाँस्थित रामप्रसादराई गाउँपालिका–३ भुल्के क्षेत्रका किसान पछिल्लो समय व्यावसायिक फलफूलखेतीतर्फ आकर्षित भएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण भएको छ । सडक निर्माणसँगै विस्थापित भएको रघुगङ्गा गाउँपालिकाको १, २, ३, ४, ७ र ८ नम्बर वडाका बासिन्दाले जिल्ला सदरमुकाम बेनी आउन जान प्रयोग गर्ने परम्परागत पदमार्गलाई पुनःनिर्माण र ब्यवस्थित गरिएको हो ।
पाल्पामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा) पहिलो बनेको छ । रास्वपाले पाल्पाको दुई निर्वाचन क्षेत्रबाट ५० हजार ४५२ मत ल्याएको छ ।
प्रहरी सेवामा लामो समय बिताएका दुई जना पूर्वप्रहरी अधिकृतले प्रतिनिधि सभामा प्रवेश पाएका छन् । प्रहरी सेवामा अपराध अनुसन्धान, भिड नियन्त्रण र सुरक्षा व्यवस्थापनको कमान्ड समालेका दुई पूर्वप्रहरी अधिकृतलाई फागुन २१ को निर्वाचनले सङ्घीय संसद्मा पु¥याएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रमा विजय हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद सोमबारदेखि मतदातालाई धन्यवाद दिन घरदैलो अभियानमा निस्किएका छन् । निर्वाचनमा समर्थन गरेकोमा आभार व्यक्त गर्न उनीहरू जिल्लाका विभिन्न स्थानमा पुगेर मतदातासँग भेटघाट गरिरहेका छन् । प्रचारप्रसारका क्रममा जस्तै तालिका बनाएर घरदैलो कार्यक्रम सञ्चालन गरिएको र त्यसमा निर्वाचित सांसदसँगै पार्टीका अगुवा नेता पनि सहभागी भएका छन् ।
धनकुटामा समानुपातिक तर्फ भन्दा प्रत्यक्षतर्फ बढी मत बदर भएको पाइएको छ । जिल्ला निर्वाचन कार्यालय धनकुटाले दिएको प्रत्यक्षतर्फ ४.१२ प्रतिशत र समानुपातिकतर्फ २.९९ प्रतिशत मत बदर भएको छ ।
आइएनएफ साइनिङ अस्पताल सुर्खेतले पश्चिम नेपालमा सञ्चालन गरेको कुष्ठरोग, फिस्टुला र सामान्य अपाङ्गताको प्रभावकारी उपचार सेवाबाट धेरैले नयाँ जीवन पाएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आइएनएफ साइनिङ अस्पतालले कुष्ठरोग, फिस्टुला र अपाङ्गताका क्षेत्रमा गरेका काम र प्राप्त उपलब्धिका आधारमा सेवा प्रभावकारी रहेको र बिरामीले नयाँ जीवन पाएका हुन् ।
फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना सकिएपछि धेरै जसो उम्मेदवारको जमानत जफत भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वर्चस्वले गर्दा पुराना दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारको जमानत बचे पनि अन्य उम्मेदवारले तोकेको मत नकटाउँदा जमानत जफत भएको हो । १२ निर्वाचन क्षेत्रको कर्णालीमा १३८ जनाले उम्मेदवारी दिएका थिए ।
कैलाली क्षेत्र नम्बर १ मा रास्वपालाई प्रत्यक्षभन्दा समानुपातिकतर्फ चार हजार ३७८ मत बढी प्राप्त गरेको छ । समानुपातिकतर्फको अन्तिम मत परिणाम अनुसार रास्वपाको २२ हजार २०४ मत प्राप्त गरेको छ ।
कैलालीमा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेका चार पूर्वमन्त्री पराजित भएका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका पूर्वमन्त्री पराजित भएका हुन् । कैलालीका चार वटा निर्वाचन क्षेत्रमा एक/एक जना पूर्वमन्त्री उम्मेदवार बनेका थिए ।
जुम्लामा समानुपातिक तर्फ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पहिलो दल भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाका अनुसार नेकपाले १० हजार दुई मत प्राप्त गरेको जानकारी दिनुभयो ।
कैलालीमा पाँच निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका ५९ जना उम्मेदवारको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशतसम्म मत प्राप्त गर्न नसकेपछि उनीहरूको जमानत जफत भएको हो । जमानत जफत हुनेमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) तीन र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई जना उम्मेदवार छन् । अन्य दल र स्वतन्त्र उम्मेदवारको पनि जमानत जफत भएको छ ।