प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी पूर्वमन्त्रीसहित २३ जना उम्मेदवारको जमानत जफत भएको छ ।
स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु तीन हजार ८०० र चाँदी प्रतितोला रु ३१० ले बढेको हो ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि लुम्बिनी प्रदेशसभा सदस्य रहेका विभिन्न दलका चारजना प्रदेशसभा सदस्यले राजीनामा दिएर चुनावमा होमिनुभएको थियो ।
चुनाव जितेका कतिपय उम्मेदवारहरु यतिखेर उत्सव मनाउन व्यस्त छन् । तर म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर दोब्बर मतले विजयी हुनुभएका डा. महावीर पुन भने यतिखेर फुर्सदको समयलाई सदुपयोग गर्दै आफ्नो आत्मकथा नामक किताब बिक्री गर्न पोखरा पुग्नुभएको छ ।
तनहुँका दुवै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मात्र नभई समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ ।
मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि तीन जना घाइते भएका छन् । इन्द्रसरोवर गाउँपालिका–४ स्याउलीबजारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा काभ्रेपलाञ्चोक जिल्लामा उम्मेदवारी दिनुभएका कुल उम्मेदवारमध्ये ८३ प्रतिशत उम्मेदवारको जमानत जफत भएको छ ।
भरतपुर महानगरपालिका–१५ फूलबारीस्थित श्रीपुरमा प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले लगाउनुभएको सूर्यमुखी बगानमा अहिले फूल ढकमक्क फुलेसँगै अवलोकन गर्ने मानिसको भीड देखिन थालेको छ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनु अघि बाँके जिल्लाका आठवटै पालिकामा मतदाता शिक्षा प्रदान गरिएपनि बदर मतको सङ्ख्या धेरै देखिएको छ ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका १२ जनामध्ये नौ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा अवस्थित दाउन्ने देवी मन्दिर धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्णस्थलका रूपमा परिचित बन्दै गएको छ ।
बाजुरामा समानुपातिकको मतगणना सम्पन्न भएको छ । जसमा नेपाली कांग्रेसको १६ हजार ७४६, नेकपा एमाको १५ हजार ८९७, रास्वपाको छ हजार ८२० नेपाली कम्युनिष्ट पार्टीको तीन हजार ३५८ राप्रपाको ४७० रहेको छ ।
पश्चिम बागलुङको ढोरपाटन नगरपालिका बोबाङका बालबालिकामा दादुरा फैलिएपछि बुर्तिबाङ जिल्ला अस्पतालमा सघन उपचार थालिएको छ । दादुरा सङ्क्रमितमध्ये २० जनाको बुर्तिबाङ अस्पताल र अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
गुल्मीमा प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारका लागि उम्मेदवारी दिएका दुई निर्वाचन क्षेत्रमा ३७ जनाको जमानत जफत भएको छ । जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकारी ऋषिराम घिमिरेका अनुसार मनोनयन दर्ता गरेका ४३ जनामध्ये दुई निर्वाचन क्षेत्रका कांग्रेस, एमाले र रास्वपाका छ जनाबाहेकको जमानत जफत भएको छ । मुख्य पार्टीमध्ये नेपाली कम्युनिस्ट पार्टी, राप्रपा, जनमोर्चासहितका उम्मेदवारको जमानत जफत भएको हो ।
हाँका फाँटहरूमा फैलिएका गहुँका हरिया तथा सुनौला खेतहरूले प्राकृतिक सौन्दर्य थप्नुका साथै किसानहरूको मेहनत र स्थानीय जीवनशैलीलाई समेत प्रतिबिम्बित गरेका छन् ।