पूर्वीनाका काँकरभिट्टाबाट चार महिनाको अवधिमा रु. ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आयात भएको छ ।चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा सो मूल्य बराबरको स्याउ, केरा, सुन्तला, आँपलगायतका फलफूल आयात भएको हो ।
गुल्मीको मदाने गाउँपालिका-२ बाझकटेरी ओखरागैरामा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा विस्तृत शान्ति सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको आवासीय इलाकामा रहेको रासायनिक कारखानामा शुक्रबार विस्फोट हुँदा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ ।
कम्बोडियाको प्रमुख पर्यटकीय सहर सिम रिपबाट राजधानी नोम पेन्हतर्फ गइरहेको एक यात्रु बस बिहीबार बिहान मध्य प्रान्त कम्पोङ थोमस्थित पुलबाट नदीमा खस्दा कम्तीमा १६ जनाको दुःखद मृत्यु भएको अधिकारीहरूले बताएका छन् । दुर्घटनामा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
पाल पत्रकार महासंघ र बागलुङ जेसीजको आयोजनामा बागलुङस्थित सफल चस्मा तथा आँखा क्लिनिकको प्रविधिक सहयोगमा पत्रकारका लागि आँखा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
पोखरामा १४ औं युरोपेली सङ्घ चलचित्र महोत्सव मङ्सिर ६ र ७ गते हुने भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले दुई वटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
पछिल्लो समय उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गरिरहेको काठमाडौंको कागेश्वरी मनोहरा नगर अस्पतालको लालबन्दी नगरपालिकाको टोलीद्वारा अनुगमन गरिएको छ ।
बर्दियामा मोटरसाइकल गोरुगाडामा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
बाँकेको खजुरा गाउँपालिकाले बिहीबारदेखि व्यवसाय दर्ता तथा नवीकरणका लागि घुम्ती शिविर सञ्चालन गरेको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको मध्यविन्दु–८ खजुरी खोलामा बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।
नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनले सानो सहयोगमा नेपालको स्वास्थ्य क्षेत्रमा ठुलो परिवर्तन भइरहेको बताउनुभएको छ ।
गाडी मोटर चलाउन निर्माण भएका ग्रामीण सडकमा मोटर त के पैदल हिँड्नसमेत कठिन हुन थालेपछि स्थानीयवासी वैकल्पिक बाटो हिँड्न थालेका छन् ।
जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ ।