राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले पदबाट राजीनामा दिनुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअघि मुगु जिल्लाका चारवटै पालिकामा मतदाता शिक्षा प्रदान गरिए पनि बदर मतको सङ्ख्या उल्लेख्य देखिएको छ ।
नियमित पालुअनुसार उडान भर्ने समिट एयरको जहाजमा प्राविधिक समस्या देखिएको र नेपाल एयरलाइन्सको जहाज काठमाडौँबाट फिर्ता नआउँदा हवाई सेवा अवरुद्ध भएको हो ।
माछा मार्न गएका एक युवकको मङ्गलवार पोखरीमा डुबेर मृत्यु भएको छ ।
यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा हुम्लाका देउडा गायक कलाकारहरूको आम्दानी राम्रो भएको छ । निर्वाचनमा प्रतिस्पर्धी दलका उम्मेदवारहरूले प्रचारप्रसारका लागि देउडा कलाकारहरूलाई व्यापक रूपमा प्रयोग गरेपछि उनीहरूको कमाइ बढेको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जित्नुका साथै समानुपातिकतर्फ 'थ्रेसहोल्ड' कटाउँदै राष्ट्रिय पार्टी बन्न सफल भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ५६ उम्मेदवारमध्ये ४७ जनाको जमानत जफत भएको छ ।
घरेलु माग कमजोर रहँदा पनि चीनले वर्षको सुरुआत उल्लेखनीय व्यापार वृद्धिसहित गरेको छ । आधिकारिक तथ्याङ्कअनुसार सन् २०२६ को पहिलो दुई महिनामा चीनको कुल व्यापार करिब २० प्रतिशतले बढेको देखिएको छ ।
सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी जिल्लाबाट तीनवटा राजनीतिक दलका राष्ट्रिय अध्यक्ष पराजित भएका छन् । पराजित हुने तीनै जना मधेसकेन्द्रित दलका अध्यक्ष हुनुहुन्छ ।
हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गइरहेको छ ।
धनुषा जिल्लाका चार प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एक क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार निर्वाचित भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिनिधिसभाको हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको सानदार जितका लागि सो पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिनुभएको छ ।
उत्तर कोरियाका नेता किम जोङ उनकी प्रभावशाली बहिनी किम यो जोङले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले सुरु गरेको संयुक्त सैन्य अभ्यासले ‘अकल्पनीय रूपमा भयानक परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सप्तरीमा प्रत्यक्षतर्फ झण्डै ७ प्रतिशत मत बदर भएको छ ।
हाइटी सरकारले आपराधिक गिरोहविरुद्ध सञ्चालन गरेको ड्रोन आक्रमणका क्रममा सर्वसाधारण नागरिकसमेत मारिएको मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले चेतावनी दिएको छ ।