• २६ फागुन २०८२, मङ्गलबार

रास्वपा रुकुम पश्चिमका सभापति शाहीको राजीनामा

blog

रास्वपा रुकुम पश्चिमका सभापति मानबहादुर शाही । तस्बिर : राजु लामिछाने

राजु लामिछाने 

रुकुम पश्चिम, फागुन २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले पदबाट राजीनामा दिनुभएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार समेत रहनुभएका शाहीले पार्टीलाई विजयी गराउन नसकेको भन्दै सभापति पदबाट राजीनामा दिनुभएको हो ।

सभापति शाहीले हारको सम्पूर्ण जिम्मेवारी लिँदै नैतिकताको आधारमा कर्णाली प्रदेश सभापतिसमक्ष राजीनामा बुझाएको जानकारी दिनुभयो । उहाँ रास्वपाको संस्थापक जिल्ला सभापति हुनुहुन्छ ।

जिल्ला सभापतिबाट राजीनामा दिए पनि आगामी दिनमा पार्टी निर्माणका लागि अझ सशक्त भएर लाग्ने शाहीले बताउनुभयो । रुकुम पश्चिमका सबै वडामा सङ्गठन विस्तार गर्दै आगामी निर्वाचनमा पहिलो दल बन्ने लक्ष्यका साथ निरन्तर खट्ने उहाँको भनाइ छ ।

रुकुम पश्चिममा रास्वपाले प्रत्यक्षतर्फ ४ हजार ७६ र समानुपातिकतर्फ १० हजार १४९ मत प्राप्त गरेको छ । उम्मेदवार रहनुभएका शाहीले नियमानुसार १० प्रतिशत मत ल्याउन नसक्दा उहाँको धरौटी समेत जफत भएको छ ।