गत हप्ता मात्र पाकिस्तान र इराकका जेलमा बन्दी बनाइएका ५६५ जना अफगान नागरिक जेल मुक्त भई अफगानिस्तान फर्केको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।
युक्रेनले संयुक्त राज्य अमेरिकाबाट प्राप्त गरेको नयाँ शान्ति प्रस्तावमा अत्यन्तै संवेदनशील र कठोर सर्त समावेश गरिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विवादास्पद तर बहुप्रतिक्षित ‘एपस्टिन फाइल ट्रान्सपरेन्सी एक्ट’ मा हस्ताक्षर गर्दै दोषी यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित सरकारी रेकर्ड सार्वजनिक गर्न कानूनी मार्ग प्रशस्त गर्नु भएको छ ।
प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका ५१ दुई पाङ्ग्रे सवारी साधन फेला पारेर सम्बन्धीत धनिलाई हस्तान्तरण गरेको छ ।
दुर्लभ तथा सङ्कटापन्न बिरुवाहरूको संरक्षणको क्रियाकलापमा जोड दिँदै वनस्पति अनुसन्धान केन्द्र, सल्यानले औषधीय गुण भएका वनस्पतिको खेती विस्तारमा लगानी गरेको छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत सईद मुबारक जर्वान अल शम्सीले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा लुम्बिनीले टस जितेर बलिङ रोजेको छ । टस हारेको चितवनले पहिले ब्याटिङ गर्ने भएको छ ।
कृषि ज्ञान केन्द्र तनहुँले जिल्लामा आलु उत्पादन बढाइ कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित ‘कमन आलु उत्पादन प्रवर्धन कार्यक्रम’ सञ्चालन गरेको छ ।
भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेली ब्रिज दिएको हो।
विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुई स्थान खस्किएर एक सय ८२औँ स्थानमा पुगेको छ ।
बालबालिकालाई अनलाइन हिंसाबाट जोगाउन डिजिटल सुरक्षामा ध्यान दिनुपर्ने एक कार्यक्रमका वक्ताले बताएका छन्।
थारु समुदायमा सदियाैंदेखि प्रचलनमा रहेको भलमन्सा प्रथाको निर्णय प्रक्रियालाई घर–घरमा खबर गर्न चौकीदार (चिरक्या) राख्ने चलन छ । पछिल्लो समय गाउँको नेतृत्व गर्ने भलमन्साले नै चौकीदारको काम पनि गर्नेक्रम सुरु भएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको आगामी दिनको महत्त्वपूर्ण कार्यभार भनेकै तोकिएकै मितिमा निर्वाचनलाई शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्नु रहेको बताउनुभएको छ ।
धनकुटाको छथरजोरपाटी गाउँपालिका –२, स्थित जोरपाटी बजारबाट खैरो हिरोइनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका –९ घर भएका २२ वर्षीय अर्जुन कार्की रहनुभएको छ ।
नवलपुरको कावासोतीमा निःशुल्क मुटुरोग परीक्षण शिविर हुने भएको छ । रोटरी क्लब अफ नवलपुर कावासोतीको आयोजनामा शुक्रवार र शनिवार दुई दिनसम्म मुटुरोग परिक्षण शिविर आयोजना गरिएको हो ।