• २६ फागुन २०८२, मङ्गलबार

ताराखोलाका पाँच विद्यालयमा २५ लाखको अक्षयकोष स्थापना

blog

नवराज नेपाली
बागलुङ (गलकोट) फागुन २६ गते ।
गलकोट समाज जापानले ताराखोला गाउँपालिका भित्रका पाँच माध्यामिक बिद्यालयहरुमा छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ

गलकोट समाज जापानका पदाधिकारीहरुको उपस्थितिमा प्रत्यक विद्यालयमा पुगेर पाँच/पाँच लाखको अक्षयकोष रकम हस्तान्तरण तथा कोष स्थापना गरिएको हो  ।

ताराखोला गाउँपालिकाका दुर्गा भवानि मावि तारा, हरि मावि हिल, अर्गल मावि अर्गल, जनप्रेम मावि भुस्कात, प्रजातन्त्र विकास मावि माझखर्कमा रकम हस्तान्तरण गरिएको  थियोे । नेपाल मावि तारा माध्यमिक विद्यालयमा भने यस अघि नै रकम  हस्तान्तरण गरिएको बताइएको छ ।

ताराखोला गाउँपालिका र गलकोट नगरपालिका भित्रका १९ माध्यमिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको  समाजका महासचिव  दिलिप कंडेलले जानकारी दिनुभयो ।

समृद्ध राष्ट्र निर्माणका लागि शिक्षा स्वास्थ्य र खेलकुदमा लगानि भन्ने उद्देश्यले गल्कोट समाज जापानले आयोजना गरेको नया वर्ष साङ्गितिक शृङ्खलाको उद्देश्य अनुसार रकम हस्तान्तरण गरिएको समाजका सचिव कुलविर थापाले  बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै गलकोट जापानका अध्यक्ष रतनसिंह बस्नेतले भौगोलिक रुपमा ताराखोला गाउँपालिका र गलकोट नगरपालिका २ छुट्टाछुट्टै स्थानीय तह भए पनि समाजको नजरमा एउटै भएकोले गल्कोट समाजबाट उपलब्ध हुने सेवा तथा सहयोगमा समान सहयोग गर्ने बताउनुभयो ।

समाजले  अक्षयकोषको रकमलाइ थप गर्दै जानी र संस्था  स्थापना कालदेखि नै शिक्षा, स्वास्थ्य शिविर, भूकम्पपीडित, खेलकुद लगायतका क्षेत्रमा उल्लेखनीय रुपमा सहयोग गर्दै आएको बताइएको छ ।

गलकोट समाज जापानले ताराखोला गाउँपालिका भित्रका  ५ माध्यामिक बिद्यालयहरुमा छात्रवृत्ति अक्षयकोष स्थापनाको रकम हस्तान्तरण गर्दै ।