शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
तिलाचन पाण्डे
तम्घास (गुल्मी), फागुन २५ गते । गुल्मीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । गुल्मीको मुसिकोट नगरपालिका वडा १ अरेवा बस्ने २१ वर्षीय दिपजन दर्लामीको बडीगाड खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुका अनुसार फागुन २४ गते घरबाट ५६ वर्षीय डम्वर दर्लामी र दिपजन माछा मार्न जाल बोकी खोलातर्फ गएकोमा डम्वर एक्लै घर फर्केको र दिपजन हराएको भनि प्रहरीमा खवर आएको थियो ।
निजलाई खोज्ने क्रममा बडीगाड खोलाको उपल्लो राधेस्थित खोलाको कोप्चेरामा पानीमा डुबेको अवस्थामा सोमबार मृत फेला परेको सारुले बताउनुभयो । निजको शवलाई पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।