शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
केशव राज भट्ट
वाशुलिङ बैतडी, फागुन २४ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा समानुपातिकतर्फको मतगणना सुरु गरिएको छ । प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएपछि आज दिउँसोदेखि समानुपातिकतर्फको मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिनुभयो ।
जिल्ला अदालतको भवनमा स्थानीय तहअनुसार मतगणना कार्य भइरहेको उहाँले बताउनुभयो । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बैतडीमा ७२ हजार ८४३ मत खसेको थियो ।