• २६ फागुन २०८२, मङ्गलबार

उपाधितर्फ लम्कँदै बार्सिलोना

blog

गोल प्रहार गर्दै लामिन यमल । तस्बिर : एपी

काठमाडौँ, फागुन २४ गते । बार्सिलोना स्पेनिस ला लिगाको उपाधितर्फ लम्किएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको क्लबलाई उसैको मैदानमा १–० गोलले हरायो ।

बार्सिलोनाको जितमा लामिन यमलले निर्णायक गोल गर्नुभयो । प्रतिस्पर्धात्मक खेलमा यमलले ६८औँ मिनेटमा गर्नुभएको गोल टोलीको जितमा प्रयाप्त बन्यो । उहाँले पेड्रीको पास गोल गर्नुभयो । यस जितसँगै बार्सिलोनाले शीर्षस्थानमा चार अङ्कको अग्रता बनाएको छ ।

बार्सिलोनाको २७ खेलबाट ६७ अङ्क पुगेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ६३ अङ्क छ । पराजित एथ्लेटिको ३५ अङ्कसहित नवौँ स्थानमा छ । एजेन्सी