देशका विभिन्न भागमा शनिबार र आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।
धनकुटामा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता लिएको छ । हालसम्मको परिणामअनुसार ९ हजार ८ सय २८ मतसहित एमालेले अग्र स्थानमा रहेको हो ।
धादिङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बोधनारायण श्रेष्ठले भ्रष्टाचारविरुद्ध कडा रूपमा लड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । देशमा व्याप्त भ्रष्टाचार अन्त्यका लागि नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै उहाँले त्यसका लागि सबैले मिलेर संघर्ष गर्नुपर्ने धारणा राख्नुभयो ।
रौतहट प्रहरीले लागु औषध गाँजा तथा हातहतियार खरखजाना मुद्दाका फरार कैदीलाई पक्राउ गरेको छ ।
मध्यपूर्वमा जारी युद्ध दोस्रो सातामा प्रवेश गर्दा आक्रमण, विस्फोट र प्रतिकारात्मक कारबाही तीव्र हुँदै गएका छन् । इरान, इजरायल र खाडी क्षेत्रका विभिन्न देशमा भएका पछिल्ला घटनाक्रमले क्षेत्रीय तनाव थप बढाएको छ भने ऊर्जा आपूर्ति, समुद्री मार्ग र सुरक्षा अवस्थामाथि गम्भीर प्रभाव परेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनकुटाबाट प्रतिस्पर्धा गरेका १७ उम्मेदवारमध्ये १३ जनाको जमानत जफत भएको छ । एक मात्र निर्वाचन क्षेत्रमा रहेको धनकुटामा कुल सदर मतमध्ये १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।
महोत्तरीको गौशाला-१०, इमली बजारस्थित एक मदिरा पसलमा आगजनी भएको छ । बजारको मध्यभागमा रहेको दीपेन्द्र मदिरा पसलमा आगजनी हुँदा ९ लाख मूल्य बराबरको धनमालको क्षति भएको जनाइएको छ ।
इरानी राष्ट्रपति मसउद पेजेस्कियनले आइतबार स्पष्ट रूपमा इरानीले आफ्नो देशको एक इन्च भू-भाग पनि शत्रुलाई कब्जा गर्न नदिने बताउनुभएको छ । उहाँले यो कुरा तेहरानमा स्वास्थ्यमन्त्री मोहम्मद-रेजा जाफरघन्दीसँगको बैठकमा साझा गर्नुभयो ।
झापामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ। जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लामा उम्मेदवारी दिएका ९० मध्ये ७८ जनाको जमानत जफत भएको हो। यो कुल उम्मेदवारको ८६ दशमलव ६७ प्रतिशत हो।
मतदाता शिक्षाको कमीले गर्दा बैतडीमा प्रत्यक्ष निर्वाचनमा ७.०१ प्रतिश मत बदर भएको छ । एउटै मत पत्रमा दुई वटा राजनीतिक दलको चुनाव चिन्हमा छाप लगाउँदा पाँच हजार ११३ मत बदर भएका हुन् ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट नेपाल कम्युनिस्ट पार्टीका युवराज दुलाल निर्वाचित हुनुभएको छ।
इरानका दिवङ्गत सर्वोच्च नेता आयातुल्ला अली खामेनीको उत्तराधिकारी चयन प्रक्रियामा महत्त्वपूर्ण प्रगति भएको बताइएको छ ।
कैलाली निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केपी खनाल निर्वाचित हुनुभएको छ।
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको साउथ वाजिरिस्तान जिल्लामा शनिबार साँझ भएको विस्फोटमा दुई जना प्रहरीको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । घाइते मध्ये पाँच जना प्रहरी र २७ जना सर्वसाधारण नागरिक छन् ।
भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित हुनुभएको छ।