जेनजी आन्दोलनको क्रममा कैलाली जिल्ला अदालतमा आगजनी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । अदालतले दिएको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई धनगढीबाट पक्राउ गरेको हो ।
गत वर्ष विद्यार्थी विद्रोहमाथि गरिएको दमनका कारण अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएपछि पनि मङ्गलबार बङ्गलादेशको राजधानी ढाका तथा प्रमुख सहरहरू सामान्यरूपमै सञ्चालनमा रहेका छन् ।
बालाचतुदर्शी पर्वको अवसरमा बेनीको प्रशिद्ध धार्मिकस्थल गलेश्वर धाममा भक्तजनको भिड लागेको छ ।
कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ यहि मङ्सिर २६ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने भएको छ ।
सल्यानको त्रिवेणी गाउँपालिकाले लामो प्रतिक्षापछि आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । भवन निर्माण कार्य सम्पन्न भएपछि नियमित सेवा सञ्चालन गरिएको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गमा व्यवस्थित झोलुङ्गे पुल नहुँदा आवत जावतमा समस्या भएको छ ।
सप्तरी जिल्लामा ११ हजार ६ सय ७७ जना नयाँ मतदाता थपिएका छन्र । नयाँ मतदाता मध्ये अधिकांश युवा रहेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका–११, रायमाझी चोक नजिक कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
स्पेन, बेल्जियम र स्विट्जरल्यान्ड सन् २०२६ को फिफा विश्वकपमा छनोट भएका छन् ।
धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–२ मारेकटहरेमा दुर्गामणि पौडेलले किबी प्रशोधन उद्योग सञ्चालनमा ल्याउनुभएको छ ।
नाम्खा गाउँपालिका– ६ को लिमीको ताक्चीमा लिमी कर्णाली नदीमाथि हिम पाइपबाट पुल बन्ने भएको छ ।
हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा मनाइने बालाचतुर्दशी-शतबीज रोपण पर्वको अवसरमा आज बुधबार बिहानैदेखि देवघाट धाम, दमौलीस्थित सेती–मादी सङ्थम, व्यास–पराशर क्षेत्र तथा शिवालय मन्दिरहरूमा भक्तजनको ठूलो घुइँचो लागेको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) मा बुधबार काठमान्डु गोरर्खाज र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ ।
बाँके जिल्लाका सात स्थानीय तहमा दुई महिनाअघि देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणमा आएको छ ।
विजयपुर खोलास्थित निर्माणाधीन पुलमा बुधबार गर्न तय गरिएको गिर्डर लन्चिङ कार्य स्थगित भएपछि पृथ्वी राजमार्गको विजयपुर सडक खण्डमा यातायात अवरुद्ध नपर्ने भएको छ ।