• २६ फागुन २०८२, मङ्गलबार

भ्रष्टाचारविरुद्ध लड्ने प्रतिबद्धता

blog

धादिङ २ बाट निर्वाचित रास्वपाका उम्मेदवार बोधनारायण श्रेष्ठ ।

अस्मिता पोखरेल  

धादिङबेंसी, फागुन २४ गते । धादिङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बोधनारायण श्रेष्ठले भ्रष्टाचारविरुद्ध कडा रूपमा लड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । देशमा व्याप्त भ्रष्टाचार अन्त्यका लागि नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै उहाँले त्यसका लागि सबैले मिलेर संघर्ष गर्नुपर्ने धारणा राख्नुभयो ।

धादिङबेँसीमा आयोजित विजय उत्सव तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै श्रेष्ठले देश विकासको आधार “काम, नतिजा र जनताको खुसी” हुने बताउनुभयो । 

श्रेष्ठले नागरिकलाई राजनीतिक नेतृत्वप्रति प्रश्न गर्न नडराउन आग्रह गर्दै जनताको निरन्तर निगरानीले मात्र नेतृत्वलाई सही मार्गमा राख्न सक्ने बताउनुभयो । नेताको प्रशंसा मात्र नगरी आवश्यक पर्दा कडा प्रश्न गर्न नागरिकलाई उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा श्रेष्ठले चुनावी अभियानमा खटिएका कार्यकर्ता, युवाहरू तथा विदेशबाट सहयोग गर्ने समर्थकहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।