• २७ फागुन २०८२, बुधबार

धनकुटामा समानुपातिकतर्फ एमालेको अग्रता

blog

धनकुटा –५ स्थित मूख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना गरिदै ।

कविराज घिमिरे

हिले, फागुन २४ गते । धनकुटामा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता लिएको छ । हालसम्मको परिणामअनुसार ९ हजार ८ सय २८ मतसहित एमालेले अग्र स्थानमा रहेको हो । 

एमालेलाई श्रम संस्कृति पार्टीले पछ्याइ रहेको छ । सो पार्टीले ९ हजार २०९ मत प्राप्त गरेको छ । यस्तै ६ हजार ९ सय ७४ मत सहित नेपाली रास्वपा तेस्रो स्थानमा रहेको छ । ४ हजार २ सय ६८ मतसहित कांग्रेस चौथो स्थानमा रहेको छ ।  

पाँचौँ स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टीले १ हजार १ सय २८ मत प्राप्त गरेको छ । जनता समाजवादी नेपाल ९ सय ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी ५ सय ८६ मतसहित  क्रमशः छैटौँ र सातौँ स्थानमा रहेका छन् । 

समानुपातिकतर्फ हालसम्मको मतगणनाअनुसार धनकुटामा ५७ वटा दलले मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हरीशचन्द्र इङनामले जानकारी दिनुभयो । हालसम्म ३७ हजार ४६ मत गणना भएको धनकुटामा ३४ हजार ९ सय १५ मत सदर हुँदा दुई हजार एकसय ३१ मत बदर भएको छ । 

धनकुटामा समानुपातिकतर्फ कुल एक लाख २० हजार ६४ मतदाता रहेका छन् । यस मध्ये करिब ६५ हजार मत खसेको अनुमान गरिएको छ । प्रत्यक्षतर्फ नेकपा (एमाले) का राजेन्द्र राई १८ हजार एकसय ३२ मतसहित विजयी हुनु भएको थियो । 

त्यस्तै नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७, श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११ हजार नौ सय ३२ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले नौ हजार नौ सय ४४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले जनाएको छ ।