स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झविलाल डुम्रे निर्वाचित हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका उम्मेदवार भागवत प्रकाश मल्ललाई पराजित गर्दै निर्वाचित हुनुभयो ।
एक सय सोह्रौँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आज प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रमा उहाँले समाजमा पछि परेका, विकासको मूलधारबाट वञ्चित महिला बढी प्रताडित हुनुपरेको बताउनुभयो ।
महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोद कुमार महतो विजयी भएपछि यस क्षेत्रको विकास र परिवर्तनका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सिराहा निर्वाचन क्षेत्र ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शम्भुकुमार यादव भारी मतले विजयी हुनुभएको छ ।
मधेस प्रदेशको धनुषा निर्वाचन क्षेत्र नं. १ को मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन अधिकृत मनोज बरालका अनुसार आज दिउँसो २ बजेसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको छ ।
सप्तरी प्रतिनिधि सभा क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पुष्पाकुमारी चौधरी फराकिलो मतान्तरले विजयी भएकी छन् ।
महोत्तरी निर्वाचन क्षेत्र नं. ३ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उज्ज्वल झाका निकटतम प्रतिद्वन्द्वी बाहेक अन्य ३९ उम्मेदवारको जमानत जफत भएको छ।
बर्दियाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ठाकुरसिंह थारू विजयी हुनुभएको छ ।
बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी विजयी हुनु भएको छ । उहाँ नेकपा एमालेका लालबहादुर थापालाई प्राजित गर्दै विजयी हुनु भएको हो ।
सिराहा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बब्लु गुप्ता फराकिलो मतान्तरले विजयी हुनुभएको छ।
आइसिसी टी–२० विश्वकप क्रिकेटको फाइनल खेलमा आज (आइतबार)राति साविक विजेता भारत र न्युजिल्यान्डबिच प्रतिस्पर्धा हुँदैछ ।
२०४८ को आम निर्वाचनमा पाल्पाको साविक तीनवटै क्षेत्रमा जित निकाल्न सफल भयो । ०४६ को जनआन्दोलन पश्चात भएको निर्वाचनमा कांग्रेसले देशभरबाट बहुमत ल्याउँदै गर्दा २०५१ र २०५६ मा भने एमालेसँग तीनै स्थानमा पराजित भएको थियो ।
स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा तीन हजार ५०० र चाँदी प्रतितोला ३० ले बढेको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका योगेश गौचन थकाली विजय भएको मुस्ताङमा समानुपातितर्फ पनि कांग्रेस पहिलो भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितुपर क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदावर जगदीश खरेल भारी मतका साथ विजयी हुनुभएको छ ।