जीवछ यादव
लहान, फागुन २४ गते । सिराहा निर्वाचन क्षेत्र ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शम्भुकुमार यादव भारी मतले विजयी हुनुभएको छ ।
निर्वाचित यादव ३२ हजार २४९ मत प्राप्त गर्दा उहाँको निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार लीलानाथ श्रेष्ठले १० हजार १६५ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालय सिराहाले जनाएको छ ।
२२ हजार ९३ मतले विजयी हुनुभएको यादवले पूर्व न्याय तथा कानुनमन्त्री रही सक्नुभएको एमाले उम्मेदवार श्रेष्ठ र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार पूर्व शान्ति तथा पूनस्र्थापना मन्त्री रही सक्नुभएको विश्वनाथ साहलाई तेस्रो स्थानमा नै सीमित गरेर जित निकाल्नुभएको हो ।
निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै यादवले भन्नुभयो, ‘‘सुशासन कायम गर्नु र प्रतिबद्धता पूरा गर्न दृढ छु । परिवर्तित अवस्थामा थपिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने छु ।’’