प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोलगायतको जमानत जफत भएको छ ।
सल्यानमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खसेको मतमध्ये तीन हजार ४५८ मत बदर भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका अनुसार जिल्लामा रहेका एक लाख ६२ हजार ४४९ मतदातामध्ये ८३ हजार १६७ मत खसेको थियो। तीमध्ये ७९ हजार ४४९ मत मात्र सदर भएको जनाइएको छ।
सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरकान्त चौधरी विजयी हुनुभएको छ ।
म्याग्दीमा समानुपातिक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) पहिलो दल बनेको छ । गत बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा समानुपातिक तर्फको मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपाले १९ हजार ९५७ मत प्राप्त गरी पहिलो भएको हो ।
उदयपुरका दुवै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पारसमणि गेलाल ३० हजार ५९० मत प्राप्त गरी विजयी हुनुभएको छ।
पश्चिम नवलपरासीका दुवै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा तर्फको समानुपातिक मतगणना कार्य सुरु भएको छ । प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्वजनिक भएसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले समानुपातिकतर्फको गणनालाई अगाडि बढाएको हो ।
ओखलढुङ्गामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का विश्वराज पोखरेल विजयी हुनुभएको छ। नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई मात्र ५ मतले पछि पार्दै पोखरेल विजयी हुनुभएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैलाई आह्वान गर्नुभएको छ ।
करिब २६ वर्ष अघि दुर्गम गाउँलाई इन्टरनेटसँग जोड्ने सामाजिक अभियन्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनले संसदको यात्रा तय गर्नुभएको छ ।
नेपालमा महिलाहरूमा दृष्टिविहीनताको भार पुरुषभन्दा बढी छ । अध्ययनका अनुसार पुरुषभन्दा महिलामा १.३ प्रतिशत गुणाले अन्धोपना हुनसक्ने जोखिम छ । पुरुषभन्दा महिलामा मोतियाबिन्दु, उमेर–सम्बन्धित म्याकुलर डिजेनेरेसन (एएमडी) र आँखा सुक्खा आँखा हुने समस्या बढी देखिन्छन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले समावेशी समाज निर्माणका लागि महिलामा लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
रौतहट क्षेत्र नं. २ बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य मो. फिरदोश आलमले रौतहट २ मा विकास, बेथितिको अन्त्य गर्दै सुशासन कायम र जनभावना अनुसारको कार्य आफ्नो पहिलो प्राथमिकतामा रहने बताउनुभएको छ ।
सर्लाही क्षेत्र नं. ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहलाई प्रतिस्पर्धी तथा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बधाई ज्ञापन गर्नुभएको छ ।
व्यास नगरपालिका–३ देउराली नगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने मादीसेती नदीमाथिको निर्माणाधीन मोटरेबल पुलको भौतिक प्रगति हालसम्म ६० प्रतिशत पुगेको छ ।
बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले झापाका पाँचै निर्वाचन क्षेत्रमा विजयी भई पुराना र लामो राजनीतिक विरासत भएका शीर्ष नेताहरूलाई ठुलो मतान्तरले पराजित गरेका छन्।