सुनसरी निर्वाचन क्षेत्र नं. १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) फराकिलो मतान्तरले अग्रस्थानमा रहनुभएको छ।
कैलालीको धनगढीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।धनगढी उपमहानगरपालिका७ को देवहरियामा गएराति अन्दाजी ३० वर्षीया सरस्वती अवस्थी जोशीको हत्या गरिएको प्रहरीले जनाएको छ ।
लमजुङको सुन्दरबजार नगरपालिका–७ कुमालटारमा अटो दुर्घटना हुँदा शनिबार राति एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सुन्दरबजार नगरपालिका–६ सैनिकटोल बस्ने २९ वर्षीया चुनु गुरुङको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ ।
गोरखा निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहँदा उम्मेदवारबीच प्रतिस्पर्धा झन् कडा र रोचक बनेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार प्रेम कुमार खत्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदन गुरुङलाई झिनो मतान्तरले पछि पार्दै अग्रता लिनुभएको छ।
सुनसरी प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अशोककुमार चौधरी निर्वाचित हुनुभएको छ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
फागुन २१ मा भएको प्रतिनिधि सभा सदस्य पदका लागि रुपन्देही क्षेत्र नंं. २ बाट उम्मेदवार बन्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २९ वर्षीय युवा नेता सुलभ खरेलले निकै बलिया प्रतिस्पर्धी ठानिएका नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेललाई ठुलो मतान्तरले पराजीत गर्नुभएको छ ।
मकवानपुरको क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेतिले सुशासन यात्रामा अविचलित रहने प्रतिबद्धता गर्नुभएको छ ।
जिल्ला सदरमुकाम समेत रहेको महोत्तरी क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उज्ज्वलकुमार झा भारी मतान्तरले निर्वाचित हुनुभएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा सप्तरीका निर्वाचन क्षेत्र १, २ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम राख्नुभएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारी निर्वाचित हुनुभएको छ।
बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरीको अग्रता कायमै रहेको छ । गिरीले १५ हजार १८४ मत प्राप्त गर्नु भएको छ ।
नवलपुर निर्वाचन क्षेत्र नम्बर १ मा ३४ वर्षपछि नेपाली कांग्रेसको विरासत ढलेको छ। यस क्षेत्रमा कांग्रेसका बालकृष्ण घिमिरेलाई फराकिलो मतान्तरले पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजन गौतम निर्वाचित हुनुभएको हो।
दोलखामा सम्पन्न मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल फराकिलो मतान्तरले विजयी हुनुभएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खेमराज कोइराला १७ हजार २५५ मतान्तरले विजयी हुनुभएको छ।