• २५ चैत २०८२, बुधबार

गोरखा–१ मा सुदन गुरुङलाई पछि पार्दै खत्रीकाे अग्रता

blog

गुणबहादुर रोका
सुलीकोट, फागुन २४ गते।
गोरखा निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहँदा उम्मेदवारबीच प्रतिस्पर्धा झन् कडा र रोचक बनेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार प्रेम कुमार खत्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदन गुरुङलाई झिनो मतान्तरले पछि पार्दै अग्रता लिनुभएको छ।

प्रारम्भिक चरणमा सुदन गुरुङले उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकामा अग्रता लिएका थिए। तर आरुघाट गाउँपालिकामा पुगेपछि खत्रीले ४ मतको अन्तरले पछि पार्दै अग्रता कायम गर्न सफल हुनुभएको हो।

अहिलेसम्मको मतगणनामा नेपाली कांग्रेसका खत्रीले ४ हजार २६३ मत, नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले २ हजार २८१ मत, नेकपा एमालेका आरसी लामिछानेले ६७५ मत र रास्वपाका सुदन गुरुङले ४ हजार २५९ मत प्राप्त गर्नुभएको छ।

गोरखा–१ निर्वाचन क्षेत्रलाई राष्ट्रिय स्तरमा विशेष चासोका साथ हेरिएको छ। यस क्षेत्रमा भदौ २३–२४ गते भएको जेन्जी आन्दोलनका मुख्य कमाण्डर सुदन गुरुङको प्रभाव रहेकोले निर्वाचनमा थप ध्यान केन्द्रित भएको विश्लेषण गरिएको छ।