• २४ फागुन २०८२, आइतबार

बाजुरामा कांग्रेसका गिरीको अग्रता कायम

blog

बाजुराको मतगणनाका ।

शेरबहादुर सार्की
बाजुरा , फागुन २४ गते ।
बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरीको अग्रता कायमै रहेको छ ।  गिरीले १५ हजार १८४ मत प्राप्त गर्नु भएको छ । यसैगरी, उहाँलाई पछ्याई रहनु भएका एमालेका लालबहादुर थापाको १४ हजार २९८ मत रहेको छ ।

यसैगरी, रास्वपाका हेमराज थापाले पाँच हजार ४७ र नेपाली कम्युनिस्ट पार्टीका प्रकाश शाहले दुई हजार ८०७ राप्रपाका केशर शाहीले ३२३ प्रगतीशिल लोकतान्त्रिकपार्टीका दिपक कुमार डिसीले ९५ नेपाल कम्युनिस्ट पार्टी माओवाठीका भुपेन्द्र लुहारले २३१ स्तन्त्र उम्मेदवार उपेन्द्र शाहीले ६६ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

हिमाली, बुढीगङ्गा, खप्तड छेडेदह, स्वामिकार्तिक खापर र जगनाथ, गौमुलको, त्रिवेणी र बुढीनन्दा मत गणना सम्पन्न र बडीमालिका नगरपालिकाको गणना जारी रहेको छ ।  

बाजुरामा ४६ हजार २३२ मत खसेको छ । यसमा पुरुष २१ हजार ८५७ र महिला२४ हजार ३७५ जनाले मतदान गरेको छन् । प्रतिशतमा ५२.६३ मत खसेको छ ।

२०७९ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बाजुरामा कुल मतदाता ८३ हजार ५६७ मध्ये प्रतिनिधिसभा तर्फ साठी हजार १५२ मत खसेको थियो । अर्थात् ६१ दशमलब ६३ प्रतिशत मत खसेको थियो ।

त्यो बेला नेपाली कांग्रेसका बर्दीप्रशाद पाण्डे पहिलो र एमालेका कर्णबहादुर थापा दोस्रो हुनु भएको थियो ।  पाण्डेको ३१ हजार ७८९ मत र एमालेका उम्मेदवार कर्णबहादुर थापाको २६ हजार २४८ मत प्राप्त गर्नु भएको थियो ।