स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले चिकित्सकले सिफारिस (प्रेस्किप्सन) गरेको ‘एन्टिबायोटिक’ औषधी मात्र सेवन गर्न आग्रह गर्नुभएको छ । उहाँले चिकित्सकले लेखेको एन्टिबायोटिक औषधी पूर्ण मात्रा मात्र आवश्यक मात्रामा सेवन गर्न अनुरोध गर्नुभएको हो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले विश्व मञ्चमा जलवायु परिवर्तनका कारण नेपालका हिमाल अनवरत रूपमा पग्लँदै जाँदा नेपालीले त्यसको तीव्र असर खेप्नु परेको मुद्दा उठाउनुभएको छ ।
सर्वोच्च अदालतले मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियामा संविधानले परिकल्पना गरेको संसदीय लोकतन्त्रको मूल्यमान्यता र पारदर्शितामा गम्भीर प्रश्न देखिएको बताएको छ । मधेश प्रदेशका ७४ सांसदले सरकार गठन प्रक्रियाविरुद्ध दायर रिटमा सर्वोच्चको संयुक्त इजलासले सरकार गठन संसदीय मूल्यमान्यतामा प्रश्न देखिएकाले निवेदनको अन्तिम किनारा नभएसम्म दीर्घकालीन असर गर्ने निर्णय नगर्नसमेत आदेश गरेको छ ।
धनकुटाको छथर जोरपाटी गाउँपालिका–१ स्थित माक्लुङ गाउँका स्थानीयवासी पदम कटवाल आफ्नो अधिकांश बारी मासेर पोखरी बनाई माछापालनमा लाग्नुभएको छ । केही वर्षअघिसम्म तरकारी, फलफूल तथा पशुपालनबाट जीविकोपार्जन गर्दै आउनुभएका कटुवाल अहिले भने तरकारी र फलफूल बाली मासेर माछापालनमा लाग्नुभएको हो । बाँदरले तरकारी तथा फलफूल बालीमा क्षति पु¥याएर आजित भएपछि उहाँ त्यसतर्फ आकर्षित हुनुभएको हो ।
अन्तिम चरणको छनोटअन्तर्गत क्वालालम्पुरस्थित बुकित जलिल नेसनल स्टेडियममा मङ्गलबार भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग १–० गोलले पराजित भयो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हेटौँडामा भएको एन्फा प्रेसिडेन्ट लिग–२०२५ को उपाधि कास्कीको लालीगुराँस एसोसिएसन क्लबले जितेको छ ।
एसियाली युथ चेस च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली बुद्धिचाल टोली बुधबार थाइल्यान्ड जाने भएको छ ।
काठमाडाैंकाे सोह्रखुट्टेस्थित सरस्वती बहुमुखी क्याम्पस प्रमुख डा. ठाकुरप्रसाद वाग्लेले विश्वविद्यालयमा प्रस्तुत गरेको कार्ययोजना पूर्णरूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म नीतिगत तथा दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ।
हास्यव्यङ्ग्यकार मुकुन्द आचार्यलाई फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान–२०८२ द्वारा सम्मानित गरिएको छ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन लिएर जाने भएको छ ।
एनपिएलमा ऐतिहासिक दुई सय २० रनको योगफलसँगै विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सानदार सुरुवात गरेको छ।
काठमाडौं उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित स्थानीय बासिन्दासँग सरकारले जनाएका प्रतिबद्ध कार्यान्वयन भएका छन्।
गोलरक्षक अन्जल श्रेष्ठको सानदार प्रदर्शनमा चित्लाङ फुटबल क्लबले एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा दुवै आँखा गुमाउनुभएका घाइते सन्तोष बोहरालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।