• २४ फागुन २०८२, आइतबार

मकवानपुर–२ बाट रास्वपाका प्रशान्त उप्रेती विजयी

blog

मकवानपुर क्षेत्र नम्बर २ बाट विजयी प्रशान्त उप्रेती।

अनिल पराजुली

हेटौँडा, फागुन २४ गते । मकवानपुर क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।

प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार यस क्षेत्रमा खसेको कुल ९१ हजार २४१ मतमध्ये उप्रेती ३० हजार ५० मत प्राप्त गरी विजयी हुनुभएको हो। उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार महेशकुमार वर्तौलालाई ११ हजार २०४ मतान्तरले पराजित गर्नुभएको छ।

२५ वर्षीय उप्रेतीले पहिलो पटकमै संसदीय निर्वाचनमा जित हासिल गर्नुभएको हो। पराजित निर्वतमान सांसद वर्तौलाले १८ हजार ८४६ मत प्राप्त गर्नुभएको छ।

त्यस्तै, नेपाली कांग्रेसका बुद्ध लामाले १५ हजार ५६ र नेपाल कम्युनिस्ट पार्टीका लवशेर विष्टले १२ हजार ४९२ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ।