• २४ फागुन २०८२, आइतबार

बैतडीमा रास्वपाका हरिमोहन भण्डारी निर्वाचित

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारी

केशवराज भट्ट

बाशुलिङ (बैतडी), फागुन २४ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारी निर्वाचित हुनुभएको छ।

अन्तिम मतपरिणाम अनुसार भण्डारी २२ हजार १३४ मत प्राप्त गरी विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गर्नुभएको छ।

यसैगरी, नेकपा (एमाले) का उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमानन्द भट्टले ६ हजार ९६५ मत प्राप्त गर्नुभएको छ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार भूपेन्द्रबहादुर चन्दले २ हजार ६८१ मत प्राप्त गर्नुभएको छ। उहाँ पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृहजिल्लाबाट उम्मेदवार बन्नुभएको थियो।

जिल्लामा कुल ७३ हजार १४८ मत खसेको थियो। त्यसमध्ये ५ हजार ११३ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।