• २४ फागुन २०८२, आइतबार

कैलाली–४ मा रास्वपाका खेमराज कोइराला विजयी

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खेमराज कोइराला

नीराजन परियार

चौमाला (कैलाली), फागुन २४ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खेमराज कोइराला १७ हजार २५५ मतान्तरले विजयी हुनुभएको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कोइराला २८ हजार ५५६ मत प्राप्त गरी विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोरखबहादुर विष्टले ११ हजार ३०१ मत प्राप्त गर्नुभएको छ।

यसैगरी, नेकपा (एमाले) का लेखराज भट्टले ९ हजार ४४४ मत, नेपाल कम्युनिस्ट पार्टीका हरिराम चौधरीले ५ हजार ६०९ मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कमल रजवारले १ हजार ३५८ मत प्राप्त गर्नुभएको छ।

कुल १ लाख १५ हजार १४३ मतदाता रहेको यस क्षेत्रमा प्रत्यक्षतर्फ ६१ हजार ९४१ मत खसेको थियो। त्यसमध्ये ३ हजार ६६५ मत बदर भएको छ भने ५८ हजार २८३ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ।