शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), फागुन २४ गते । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झविलाल डुम्रे निर्वाचित हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका उम्मेदवार भागवत प्रकाश मल्ललाई पराजित गर्दै निर्वाचित हुनुभयो ।
डुम्रेले २५ हजार ३५४ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मल्लले २० हजार ८३० मत प्राप्त गर्नुभयो ।
नेकपा एमालेका खिमबहादुर थापाले १४ हजार १०८ मत प्राप्त गर्नुभयो ।
रास्वपाका डुम्रे चार हजार ५२४ मतान्तरले विजयी हुनुभएको निर्वाचन अधिकृत ऋषिराम पौडेलले जानकारी दिनुभयो । औपचारिक घोषणा भने हुन बाँकी छ ।