• २५ फागुन २०८२, सोमबार

जेनजी आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ

blog

प्रवीणकुमार शर्मा

रौतहट, फागुन  २४ गते । रौतहट प्रहरीले लागु औषध गाँजा तथा हातहतियार खरखजाना मुद्दाका फरार कैदीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका–४ सरुका ४० वर्षीय रामनरेश साह रहेका छन्  । उनलाई जिल्ला  प्रहरी कार्यालय रौतहटको टोलीले रौतहटको गौर नगरपालिका–९, सिर्सियाबाट पक्राउ गरेको  हो ।

उनी जेनजी आन्दोनको क्रममा भदौ २४ गते कारागार कार्यालय गौर, रौतहटबाट फरार भएका थिए । उनलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय गौर, रौतहटमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिनुभयो ।