• २४ फागुन २०८२, आइतबार

हुम्लामा समानुपातिक मत मतगणना सुरु

blog

समानुपातिक तर्फ मत गणना कार्य सुरु गर्दै कर्मचारीहरू । तस्बिर: राजन रावत

 राजन रावत

हुम्ला, फागुन २४ गते । प्रत्यक्षतर्फ मतगणना सकिएको हिमाली जिल्ला हुम्लामा समानुपातिक मत गणना पनि सुरु भएको छ।

दलसँगको सहमतिपछि मुख्यनिर्वाचन अधिकृत कार्यालयले समानुपातिक मत गणना सुरु गरेको हो ।समानुपातिक निर्वाचन तर्फको मत गणना कार्य सुरु भएको सहायक निर्वाचन अधिकृत दिप वाग्लेले जानकारी दिनुभयो । 

यसको गणना ताँजाकोट गाउँपालिकाबाट सुरु भएको बताउँदै यो कार्य सम्पन्न गर्न केही समय लाग्ने उहाँले बताउनुभयो । समानुपातिक निर्वाचन प्रणालीमा जिल्लाभर २२ हजार ९५१ मत खसेको छ । यसमा छ सय अस्थायी मतदाता थिए ।

 हुम्लामा ३४ हजार ३७२ मतदाता रहेकोमा २२ हजार ४६७ मत खसेको थियो । हुम्ला जिल्लामा एक अस्थायी सहित ६५ पेटिका रहेका छन् । मत गणना एउटै स्थानमा गरिएको छ ।