• २४ फागुन २०८२, आइतबार

इलाम–१ मा अग्रता बढाउँदै एमालेका काजीमान

blog

काजीमान कागते । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, फागुन २४ गते । इलाम निर्वाचन क्षेत्र – १ मा जारी मतगणनामा नेकपा एमालेका काजीमान कागतेले अग्रता बढाउँदै जानुभएको छ । 

अहिले सम्मको मत परिणाममा इलाम–१ मा एमालेका कागतेले सात हजार ४३८ मत प्राप्त गर्दै अग्रता कायम गर्नुभएको छ।  श्रम संस्कृति पाटीका विनोद नेम्वाङले ६ हजार ६४२ मत प्राप्त गर्नुभएको छ। कागते र नेम्वाङको मतान्तर सात सय ९६ रहेको छ । यस्तै  नेपाली कांग्रेसका निश्कल राईको ६ हजार ४९३ मत प्राप्त भएको छ । रास्वपाका विमल गदालको चार हजार १३९ मत प्राप्त भएको छ ।

इलाम–१ मा सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका, माई नगरपालिका, इलाम नगरपालिका–१०, सूूर्योदय नगरपालिका–७ र रोङ गाउँपालिका–५ को मत गणना सम्पन्न भइसकेको छ । अहिले सम्ममा ३० हजार ५४४ मत गणना भएको छ । इलाम–१ मा  ६३ हजार ६९५ मत खसेको थियो।