सरकारले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई यही जेठ २० गते संसदमा लैजाने तयारी गरेको छ ।
पोखराको फेवातालको सीमाङ्कन डिजिटल रूपमा सकेर शनिबारबाट भौतिक पोल गाडिने भएको छ। तालमा वर्षाका बेलाको उच्च सतह बाट ६५ मिटरसम्म मापदण्ड कायम गर्ने गरी सर्वाेच्चको आदेश बमोजिम सीमाङ्कन गर्न लागिएको हो।
नवलपुरको गैँडाकोटमा मोटर साइकाल र बोलेरो एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
खोटाङ जिल्लाको धार्मिक पर्यटकीय स्थल कालिका भगवती मन्दिर र मन्दिरसँगै देखिएको खोटाङ जिल्ला सदरमुकाम दिक्तेल बजार ।
सत्तारुढ दल नेकपा (एमाले)ले संसदका आगामी बैठकहरू सहज ढङ्गले सञ्चालन हुने विश्वास लिएको छ । शुक्रबार सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारका बसेको मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफलपछि पत्रकारसँग कुरा गर्नुहुँदै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले यस्तो बताउनुभएको हो ।
ताप्लेजुङका स्थानीय तहले वर्षायाम सुरु भएसँगै गोलिया काठ निकासी तथा ओसारपसार गर्न प्रतिबन्ध लगाउन थालेका छन्।
कर्णाली काेरिडोरको हुम्ला जिल्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिका–५ को खार्पुको दोजाम कर्णाली नदीमा बेलिब्रिज निर्माण कार्य तीव्र पारिएको छ।
गलकोट नगरपालिकाको एक गेस्ट हाउसमा पुरुष मृत अवस्थामा फेला परेका छन् । पर्सा जिल्ला कालिकामाई गाउँपालिका वडा नम्बर २ का ४६ वर्षीय सुबोधकुमार कुसुवा शुक्रबार बिहान ८ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति नबनेसम्म आन्दोलन जारी राख्ने बताएको छ ।
६ सय ७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढ्ने भएको छ । मुआब्जा निर्धारण नहुँदा रोकिएको आयोजनालाई नेपाल सरकारले अघि बढाउने भएको हो ।
नेपाली कांग्रेसका नेता एवम् गुल्मी क्षेत्र नम्बर–१ सङ्घीय सांसद डा. चन्द्र भण्डारीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार प्रस्तुत गर्नुभएको बजेट समयानुसार प्रगतिशील रहेको बताउनुभएको छ।
सत्तारुढ नेपाली कांग्रेसले संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटलाई पारित गर्न विपक्षी दलहरूले सहजीकरण गर्ने विश्वास लिएको छ ।
पाँच लाख भारतीय रुपियाँसहित दुई जना पक्राउ परेका छन् । भारतीय नम्बरको गाडीमा भारतबाट नेपालगन्जतर्फ आउँदै गरेका एक भारतीय र एक नेपालीसहित दुई जनालाई प्रहरीले नेपालगन्जको जयसपुरबाट नियन्त्रणमा लिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले 'लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन–२०८२' को शुक्रबार उद्घाटन गर्नु भएको छ ।