उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई आफूले पहिलो प्राथमिकता राखेर काम गर्ने बताउनुभएको छ ।
धौलागिरि प्रादेशिक अस्पतालमा सञ्चालित निःशुल्क आँखा शिविरमा ५४ जनाको शल्यक्रिया गरिएको छ । मोतियाविन्दुको समस्या भएर वर्षौंदेखि रोग पालेर बसेका बिरामीहरुले उपचारपछि राहत पाएका छन् ।
घर, परिवार तथा समाजबाट समस्या भोगेका महिला, बालकालिका, मानसिक स्वास्थ्य समस्या भोगिरहेका व्यक्ति तथा दुर्व्यसनमा फसेकाहरूको दीर्घकालीन पुनर्स्थापनाका लागि गण्डकी प्रदेशमा पुनर्स्थापना केन्द्र खुलेको छ । प्रदेश सरकारको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले पोखरा ३३ पुष्पवस्तीमा बनाएको दीर्घकालीन पुनस्र्थापना केन्द्र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार उद्घाटन गर्नुभयो ।
वैदेशिक रोजगारीबाट गत आवमा नेपालले १४ खर्ब ४५ अर्ब ३२ करोड विप्रेषण प्राप्त गरेको छ ।
साना पाँच राजनीतिक दलले ‘सङ्घीय गणतान्त्रिक गठबन्धन’ घोषणा गरेका छन् । जनकपुरमा एक समारोहका बिच गठबन्धनको घोषणा गरिएको हो ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्ति, स्थिरता र सद्भावका लागि विभिन्न संस्कृति र सभ्यताहरूबिच समझदारी बढाउनु अत्यन्त आवश्यक रहेको बताउनुभएको छ ।
मानव निर्मित जलवायु परिवर्तनका कारण गत वर्ष विश्वको आधा जनसङ्ख्याले अतिरिक्त एक महिना अत्यधिक गर्मीको सामना गरेको शुक्रबार एउटा नयाँ अध्ययनले देखाएको छ ।
वर्षायाम सुरु भएसँगै नदीको सतह बढ्न थालेपछि मर्स्याङ्दी पारिका नागरिकलाई चिन्ता थपिएको छ । नदीमा पानी बढेपछि मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु जानका लागि बनाइएको काठको पुल भत्किने भएपछि स्थानीय चिन्तित बनेका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मिर्गौला प्रत्यारोपणपश्चात सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही शोलुखुम्बुका पेम्बा शेर्पालाई सम्मान गर्नुभएको छ ।
गुल्मीको आँपचौर कफीको जजनी हो । आँपचौरमा स्थापना भएको कफी विकास केन्द्रले कफीका बिरुवा उत्पादन तथा बिक्री वितरण गर्ने गरेको छ ।
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध नारायणघाट–बुटबल सडक साढे सात घण्टासम्म पनि सञ्चालनमा आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले खोलामा पानीको सतह नघटेकाले नयाँ डाइभर्सन निर्माण हुन नसकेको जानकारी दिनुभयो ।
सरकारले आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शुक्रबार विज्ञप्ति जारी गर्नुहुँदै मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो हो ।
महिनावारी स्वच्छताबारे सचेतना फैलाउन ३९२ जनाले साइकल र्याली गरेका छन् । शुक्रबार ११ औँ अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसर पारेर महिनावारी स्वच्छताको सचेतना फैलाउन ३९२ जनाले साइकल र्याली गरेका हुन् ।
मधेश प्रदेश सरकारले एक हजार चार महिला कृषक स्वयंसेविका परिचालन गर्ने भएको छ । महिलाको सहभागितामा कृषि क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउने उद्देश्यले त्यतिको सङ्ख्यामा महिला कृषक स्वयंसेविका परिचालन गर्न लागिएको हो ।
यहाँका एक किसानले बाख्राको दुधबाट चिज बनाएर आम्दानी गर्न थालेका छन् । भिरकोट नगरपालिका–८ ओकादीका डिलबहादुर गुरुङले सानन जातको बाख्राको दूधबाट बनाएको चिज बिक्रीबाट लाखौँ आम्दानी गरिरहनुभएको हो ।