यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आमसञ्चार तथा पत्रकारिता विभागले एक दिवसीय सञ्चार शिक्षा गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा डिजिटल पत्रकारिता प्लेटफर्म र यसको महत्वबारे संवाद गरिएको हो ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आयोजना गरेको प्रथम सिदिङ्वाधाम पर्यटन महोत्सवमा अतिथिलाई छुर्पीको माला लगाइएको छ।
काठमाडौंस्थित पाकिस्तानी दूतावासले वार्षिक रूपमा सञ्चालन गर्दै आएको १२ औं पाकिस्तान राजदूत निबन्ध लेखन प्रतियोगिता र ८ औं पाकिस्तान राजदूत वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ।
स्याङ्जामा मोवाइल चोरीगरी पोखरा पुगेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका –१३ मजुवास्थित चुनीकुमारी मल्लको कोठाबाट मङ्गलबार साँझ विभिन्न कम्पनीका तीन थान मोवाइल चोरी गरी पोखरा पुगेका दुई जनालाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अहिलेको अवस्थामा पत्रकारिताको गरिमा जोगाउने चुनौती भएकाले सम्पादकहरू बढी जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीबिच शुक्रबार हङकङमा द्विपक्षीय भेटवार्ता भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले संविधानको रक्षाका निम्ति सम्पूर्ण गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
रैथाने उत्पादनहरूको पहिचान, संरक्षण, सम्वर्धन एवम् प्रवर्धन गर्नका लागि बाँकेको कोहलपुरमा कृषि जैविक विविधता मेलाको आयोजना गरिएको छ ।
ताप्लेजुङमा प्रतिबन्धित लागुऔषधसहित शुक्रबार तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार प्रतिबन्धित ट्रामोडोल हाइड्रोक्लोरिक र डिसाइक्लोमिन एचसिआई नामक लागूऔषधसहित तीन जना पक्राउ परेका हुन् ।
मनमोहक राराको दृश्यावलोकन र समग्र कर्णालीको पर्यटन विकासका लागि बृहत् रारा–पर्यटन महोत्सव हुने हरिराधा एच आर मिडिया हाउसका सदृश्य शान्तराम सेन्चुरीले बताउनुभयो ।
नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार विज्ञप्ति जारी गरी यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको जनाएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको एक छेउमा सुर्खेतबाट आएका राउटे दीपक शाही बसिलाले टुनीको काठमा आकार दिँदै हुनुहुन्छ । उहाँको छेवैमा धयर शाही पनि टुनीको ठेउकोलाई आकारमा ढाल्दै हुनुहुन्छ । उहाँहरुका साथमा राउटे समुदायकि महिला बाटुली र सुरमानी कपडामा बुट्टा भर्दै हुनुहुन्छ ।
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसियल)को प्रमुख कार्यकारी अधिकृत प्रजेशविक्रम थापाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले शुक्रबार गाजाको मानवीय स्थितिमा उचित प्रतिक्रिया नदिएमा युरोपेली देशहरूले इजरायलविरुद्ध ‘सामूहिक स्थिति कडा पार्नुपर्ने’ बताउनुभएको छ ।