म्याग्दी, जेठ १७ गते । म्याग्दीको बेनी नगरपालिका–१ लामगरामा रहेको युुवा वर्ष आधारभूत विद्यालयको तीन वटा कक्षामा विद्यार्थी सङ्ख्या शून्य भएको छ । कक्षा चारसम्मको पठनपाठनको अनुुमति पाएको विद्यालयको २, ३ र ४ कक्षामा नयाँ शैक्षिक सत्र २०८२ मा भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या शून्य भएको हो । प्रधानाध्यापक खिमबहादुर चर्माकारले बाल कक्षामा चार र कक्षा एकमा तीन जना विद्यार्थी रहेका बताउनुभयो । “गत वर्ष कक्षा ४ मा तीन, ३, २ मा एक र एक एक र १ मा तीन जना विद्यार्थी थिए”, उहाँले भन्नुभयो, “चार कक्षा उत्तीर्ण भएका माथिल्लो तह अध्ययन गर्न, सारेमारे टोलबाट आउने २ र ३ का विद्यार्थी टाढा भएपछि अर्को विद्यालयमा भर्ना भए ।”कक्षा १ का विद्यार्थीको उमेर कम भएको र सिकाइ वृद्धिका लागि कक्षा दोहोर्याइएको र बालकक्षामा नयाँ विद्यार्थी भर्ना गरिएको प्रअ चर्माकारले बताउनुभयो । युुवा वर्षको सेवा क्षेत्रमा पर्ने आनन्दबगर, लामगरा, सिम र सारेमारे टोलमा भर्नाका लागि विद्यालय व्यवस्थापन समिति र शिक्षकले घरदैलो गरेका थिए । आनन्दबगर र सारेमारे टोल टाढा भए पनि नजिकैको लामगरा र सिमका अभिभावकले पनि बेनीका सामुदायिक र निजी विद्यालयमा पठाउन थालेपछि पछिल्लो पाँच वर्षयता विद्यार्थी सङ्ख्या घट्दै गएको व्यवस्थापन समितिका अध्यक्ष भविराम थापाले बताउनुभयो ।लामगरा र सिममा करिब ५० घरपरिवारको बसोवास छ । अङ्ग्रेजी माध्यमबाट पठनपाठन, पुस्तकालय, बालमैत्री शिक्षण विधि, विपन्न विद्यार्थीको लागि पोसाक र शैक्षिक सामग्रीको व्यवस्था मिलाए पनि अभिभावकले वास्ता नगर्दा निराश भएको व्यवस्थापन समितिका अध्यक्ष थापाले बताउनुभयो । विसं २०४१ मा स्थापना भएको विद्यालयमा १०० जनासम्म विद्यार्थी हुुन्थे । सिकाइ उपलब्धि ९५ प्रतिशत छ । विद्यार्थी सङ्ख्या कम भएपछि गत वर्ष बेनी नगरपालिकाले एक वटा कक्षा घटुवा गरेर चार कक्षासम्म कायम गरेको थियो । उक्त विद्यालयमा हाल दुई जना स्थायी दरबन्दी, एक जना निजी स्रोतका शिक्षक र एक जना सहयोगी कर्मचारी छन् । बेनी नगरपालिकाले विद्यार्थी नभएका कक्षा घटुवा गर्ने र शिक्षकलाई नजिकको धेरै विद्यार्थी भएको विद्यालयमा व्यवस्थापन गर्ने नीति लिएको छ । युवा वर्षलगायत विद्यार्थी कम भएका विद्यालयको सघन अनुगमन गरेर आवश्यक निर्णय लिइने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।
काठमाडौँ, जेठ १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित भएको बताउनुभएको छ ।कान्तिपुर मिडिया ग्रुपद्वारा आज आयोजित ‘हाफ म्याराथन’को शुभारम्भपछिको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग राखेर सदन अवरोध गर्न नहुने बताउनुभयो ।“म प्रतिपक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छु तर माग राख्दा वा विरोध गर्दा आधार चाहीँ चाहिन्छ । गृह मन्त्रालय मातहत धेरै कर्मचारी छन् । एउटा कर्मचारीलाई अख्तियारले बोलायो । बयान लिएको सुनेको छैन । प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नुपर्दैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “पोहोर तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उहाँमाथि गृह मातहतको सिआइबीले छानबिन गरिरहेको थियो । अहिले त्यस्तो अवस्था होइन त्यसकारण अहिले विरोध गर्न निहुँ नपाएर निहुँ खोजिएको मात्रै हो । यसरी विरोध गरिएको छ कि मानौँ ३५ किलो सुन नै ओसारिएको छ, त्यस्तो अवस्था होइन ।” उहाँले बच्चाहरूले झोला वा खेलौना हात्ती किनिदेउभन्दा किनिदिन सकिने भए पनि सक्कली हात्तीलाई झोलामा हालिदेउभन्दा हाल्न नसकिएजस्तै विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामाको माग पूरा हुन सम्भव नहुने बताउनुभयो ।कुनै पार्टीभित्रका समस्या वैयक्तिक आकाङ्क्षा–ध्रुवीकरणहरू हुन सक्ने र त्यसका आधारमा विरोध आउन सक्ने भए पनि घर झगडा घरभित्रै गर्न तर आँगनमा निस्किएर छिमेकीलाई ‘डिस्टर्ब’ हुने गरी नगर्न प्रधानमन्त्री ओलीको आग्रह थियो ।संसदमा प्रस्तुत बजेटका सन्दर्भमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले बजेट यथार्थपरक र सम्भव हुने हिसाबले यस पटकको बजेट आएको जवाफ दिनुभयो । “हामीलाई त्यसै पपुलिस्ट हुनु छैन । राम्रा काम गर्नु छ । यथार्थभन्दा बाहिर गएर बजेट ल्याउनु भनेको अर्थतन्त्रलाई विनासको बाटोमा लाग्नु हो । गत वर्ष सात हजार आयोजनालाई विना आधार बढाइएको थियो । माइनस २४ प्रतिशतमा रहेको राजस्वलाई बढाएर ३० प्रतिशतमा लाने भन्ने निराधार प्रक्षेपण गरिएको थियो । हामी त्यस्तो गर्दैनौँ”, उहाँले भन्नुभयो, “हामीले पहिला पूर्वाधार विकासमा जोड दियौँ । पूर्वाधार विकासमा धेरै काम भएकाले अब सामाजिक सुरक्षा, सुशासन र विकासमा ध्यान दिएका छौँ ।”प्रधानमन्त्री ओलीले खेल क्षेत्रले हरेक मानिसलाई जोड्ने र क्रियाशीलता बढाउने बताउँदै हाफ म्याराथनको आयोजनाका लागि कान्तिपुरलाई धन्यवाद दिनुभयो ।
मध्यरातको चकमन्नता चिर्दै मोबाइलको घन्टी बज्यो । निद्राले भारी भएका आँखा मिच्दै फोन उठाएँ,
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खश जुम्ली भाषा
जानु पाण्डेकपिलवस्तु, जेठ १७ गते । कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीमा शङ्कास्पद प्रेसर कुकर बम फेला परेको छ । कृषि विकास बैङ्क अगाडि सडक किनारमा तारले बेरेर राखिएको उक्त कुकर शङ्कास्पद देखिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक [एसपी] निरञ्जन दत्त भट्टले शङ्कास्पद बस्तुको डिस्पोजल गर्ने तयारी भएको बताउनु भयो । घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली खटिएको प्रहरीले जानकारी दिएको छ । शङ्कास्पद बस्तुमा ‘दलालहरू, जग्गा लुटपाट गर्ने तिमीहरू सुध्रिएनौ भने यो घरमा पनि लाग्न सक्छ’ भन्ने चेतावनीसहितको पर्चा टाँसिएको छ ।
गाउँको पुरानो घर छोडेर आएँ
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
ठाकुरप्रसाद आचार्य म्याग्दी, जेठ १५ गते । अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित हीरक महोत्सव सुरु भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र नारच्याङमा आज जेठ १७ देखि २१ गते सम्म विविध कार्यक्रमको आयोजना गरेर हीरक जयन्ती मनाउन लागिएको हो । अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ,टान,एक्याप र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको संयुक्त आयोजनामा हीरक महोत्सव मनाउन सुरु गरिएको हो । अन्नपूर्ण गाउँपालिका र वडा नम्बर ४ नारच्याङवासीहरु हीरक महोत्सवको सम्पूर्ण तयारी पूरा गरेर पाहुनाको स्वागतका लागि जुटेका छन् । आज शनिवार दिउसो प्रथम हिमाल आरोही फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगका छोरा माथिएस हर्जोग र फ्रान्सेली कलाकारहरू सहित विदेशी पाहुनाहरूलाई मौरिस हर्जोग पदमार्गको प्रवेशद्वारका रूपमा रहेको नारच्याङ गाउँमा भव्य स्वागत गर्ने कार्यक्रम रहेको हीरक महोत्सव आयोजक समितिका सदस्य तथा मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो । हीरक महोत्सवमा सहभागी हुन प्रथम आरोही मौरिस हर्जोगका परिवारका सदस्यहरूसहित १४ जना विदेशी पाहुनाहरू आज पोखराबाट म्याग्दीका लागि हिँडिसकेको उहाँले बताउनुभयो । हीरक महोत्सवलाई सफल पार्न स्थानीयहरू गाउँमा सरसफाइ र स्वागत गेट निर्माण लगायतका कामहरूमा जुटेका छन् । ‘‘अन्नपूर्ण हीरक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । म्याग्दीको भूगोलमा पहिलो पटक अन्नपूर्ण दिवस मनाउन लागेका छौँ । अन्नपूर्ण प्रथम हिमाल म्याग्दीमा भए पनि अघिल्ला वर्षहरूमा कास्कीमा मनाउने गरिएको थियो । यसपालि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हीरक महोत्सव मनाउन पाउँदा हामी अन्नपूर्णवासीहरू खुसी भएको छौँ । महोत्सवले अन्नपूर्णको विश्वव्यापी रूपमा प्रचारप्रसारमा सहयोग पु¥याउने विश्वास गरेका छौँ,’’ गाउँपालिका अध्यक्ष भारतकुमार पुनले भन्नुभयो । आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये अन्नपूर्णमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ अर्थात् जेठ २० गनेका दिन फ्रान्सका पर्वतारोही मौरिस हर्जोग,लुई लचेनल र नेपाली शेर्पा सहितको टोलीले अन्नपूर्णको आरोहण गरेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।जेठ २० गते प्रधानमन्त्रीले आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको अर्धकद सालिक अनावारण गर्नुका साथै आधार शिविरमा निर्माण भएको खुला सङ्ग्रहालय र नारच्याङबाट आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको उद्घाटन गर्ने कार्यक्रम तय भएको पालिका अध्यक्ष पुनले बताउनुभयो । महोत्सवका अवसरमा ३० किलोमिटर लामो दूरीको म्याराथन दौड प्रतियोगिता हुने भएको छ । साथै महोत्सवका अवसरमा पुख्र्यौली नृत्य प्रतियोगिता,खुला नृत्य प्रतियोगिता लगायतका सांस्कृतिक कार्यक्रमहरु पनि आयोजना गरिएको छ । फ्रान्सेली कलाकारहरुले प्रथम हिमाल आरोही मौरिस हर्जोगको सम्झनामा शनिवार साँझ नाच्याङमा र जेठ २० गते आधार शिविरमा सांगीतिक प्रस्तुती गर्ने भएका छन् । पर्वतारोही हर्जोगले आरोहण गरेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरकारी स्तरबाट गरिएको पहिलो कार्यक्रमले सम्पूर्ण म्याग्दीवासीहरुलाई नै उत्साहित बनाएको अन्नपूर्ण पर्यटन विकास समितिका सदस्य चित्र तिलिजाले बताउनुभयो । स्वदेशी तथा विदेशी पाहुना सहित भोली आइतबार नारच्याङ गाउँबाट चार हजार एकसय मिटरको उचाईमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर सम्म पदयात्रा सुरु गरिने उहाँले बताउनुभयो । हीरक महोत्सवमा प्रधानमन्त्री ओली आउनुहुने भएपछि स्थानीय पर्यटन व्यवस्थापन समिति,स्थानीय पर्यटनकर्मी लगायत अन्नपूर्णवासीहरू तयारीमा जुटेको मौरिस हर्जोग पदमार्गका अभियन्ता गुरुङले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी हुमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर पुगिन्छ । अन्नपूर्ण हिमाल आरोहण गर्ने क्रममा हर्जोगले प्रयोग गरेको बाटोलाई गाउँपालिकाले उहाँको सम्मानमा मौरिस हर्जोग पदमार्ग नामकरण गरी पूर्वाधार निर्माण गरेको छ । आधार शिविर जाने पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा पछिल्लो समय अन्नपूर्ण आधार शिविर जाने पर्यटकको सख्ंयामा उल्लेख्य मात्रामा वृद्धि भएको छ ।
कमिलाको ताँती हेर कति मेहनती, तिनलाई हेरी गर्नु पर्छ हामीले प्रगति ।
‘पानीको रङ’ कृति भर्खरै बजारमा आएको छ । विदेशी भूमिलाई लामो समयदेखि कर्मथलो बनाइरहेका ऋषि बस्ताकोटीको यो पहिलो कवितासङ्ग्रह हो । कवितासङ्ग्रहभित्र छिर्दा शीर्षकले नै पर्या, प्रकृति र जराप्रतिको प्रेमले ओतप्रोत भएका कवि हुन् भन्ने अनुभूति दिलाउँछ ।
मानव सभ्यताको हजारौँ वर्ष पुराना एकपछि अर्को अनौठा र अद्भुद ढुङ्गे हतियार फेला पर्न थालेपछि बर्दीबास–३, पाटु आसपासका पुराताìिवक क्षेत्र चर्चा र चासोको विषय बनेको छ । यो रातु सभ्यता
हरेक बर्ष विश्वका कैयन देशहरुले अंग्रेजी मे महिनामा मातृ मानसिक स्वास्थ्यको बारेमा विभिन्न क्रियाकलाप गर्दै सचेतना तथा जागरण फैलाउने काम गर्दै आइरहेका छन् । सन् २०१६ मे ७ मा विश्व मातृ मानसिक स्वास्थ्य दिवस एक अन्तर्राष्ट्रिय सञ्जाल मातृ मानसिक स्वास्थ्य एलाइन्सको अगुवाइमा सुरुवात गरिएको थियो ।
मोरङको उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैँचा नगरपालिका र कानेपोखरी गाउँपालिकाका बासिन्दा बजेट वक्तव्य आएपछि खुसी भएका छन् । सरकारले २०७६ सालमा पूर्वपश्चिम
काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तहका जनप्रतिनिधिले गत असोजमा आएको बाढीपहिरोबाट पीडित परिवारका लागि निजी आवास बनाउन साझेदारी रकम बेहोर्न नसक्ने बताएका छन् ।
कुनै कुनै ससाना घटनाले पनि हामीलाई यसरी संवेदित र उद्वेलित बनाउँछन् कि हामी ती घटनाको स्मृतिबाट मुक्त हुन सक्दैनौँ । ती हाम्रो जेहनमा गढेर बसिदिन्छन् ।