संयुक्त राष्ट्र सङ्घले शुक्रबार गाजाको प्यालेस्टिनी क्षेत्रका गोदामहरूमा आक्रमण गरी ठुलो मात्रामा चिकित्सा सामग्री चोरी गरेको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
किसानले उत्पादन गरेका पशुुपक्षीजन्य उत्पादनलाई विदेश निर्यात गर्ने अवस्थासम्म बनाउन इलाम नगरपालिकाले जैविक सुुरक्षा तथा असल पशुुपालन अभ्याससम्बन्धी किसानलाई सचेतना गर्न थालेको छ ।
गौमुखी गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गर्ने उद्देश्यले गौमुखी भ्रमण वर्षको सुभारम्भ गरिएको छ । संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले शनिबार उक्त भ्रमण वर्षको उद्घाटन गर्नुभएको हो ।
मौरी बोकेको ट्रक दुर्घटनापछि मुक्त गर्न हिँडाइएका २५ करोड मौरी भागेपछि पश्चिमी अमेरिकामा प्रहरीले मानिसहरूलाई मौरीको झुण्डबाट जोगिन आग्रह गरेको छ ।
मोरङ जिल्लाका सीमावर्ती भारतीय नाकाहरूबाट हुँदै आएको चोरी पैठारी र तस्करी नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र त्यसअन्तर्गतका युनिटहरूले सिमावर्ती क्षेत्रमा निगरानी कडाइ गर्दै भन्सार छलेर ल्याइएका करिब पाँच करोड रुपियाँ बराबरका विभिन्न सामग्री बरामद गरी भन्सार कार्यालयमा बुझाएका छन् ।
जलजला गाउँपालिका ७ धाइरिङ स्थित सल्यानको बस्ती संरक्षणका लागि बाढी नियन्त्रण गर्न नहर निर्माण गरिएको छ ।
रुकुमपश्चिममा विपद् प्रतिकार्यका लागि संयुक्त नमुना अभ्यास सम्पन्न गरिएको छ ।
शनिबार बिहानदेखि परेको अविरल वर्षाका कारण झापाको मेचीनगर नगरपालिका–६ स्थित कालीखोलामा रहेको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका बाल विवाह मुक्त वडा पालिका घोषणा गरिएको छ । वडाले आधारभुत सूचक तयार गरेर बाल विवाह मुक्त घोषणा गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क (डिएनएफ) लाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालमा रूपन्देही व्यापार सङ्घको उपकरण सहयोगमा निर्मित रक्त सञ्चार केन्द्रको उद्घाटन गर्नुभएको छ ।
प्रथम सिदिङ्वाधाम पर्यटन महोत्सव–२०८२ को अवसरमा आयोजित हाल्फ म्याराथन प्रतियोगितामा पुरुषतर्फको उपाधि ताप्लेजुङका धावक र महिलातर्फको उपाधि भोजुपरकी धाबिकाले हात पार्नु भएको छ ।
बुधबार बिहान ७ वर्षीया बालिका सायरा थारूलाई आक्रमण गरी मार्ने चितुवा फेला नपरे पछि शनिबार स्थानीय परम्परा अनुसार वनदेवीको पूजा गरेर चितुवाको खोजी कार्य सुरु गरिने भएको छ ।
ताप्लेजुङमा शनिबार बिहान सम्पन्न सिदिङ्वा म्याराथनमा पुरुषतर्फ विविसन लिङ्देन र महिलातर्फ जुही राई प्रथम हुनुभएको छ । प्रथम सिदिङ्वाधाम पर्यटन महोत्सवको अवसरमा आयोजित खुला म्याराथन प्रतियोगितामा लिङ्देन र राई अन्य प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम हुनुभएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई सबैखाले विपदबाट सुरक्षित बनाउने गरी सरकारले विपद् प्रतिकार्यको योजनालाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।