• १८ जेठ २०८२, आइतबार

कपिलवस्तुमा शङ्कास्पद प्रेसर कुकर बम फेला

blog

कपिलवस्तुमा भेटिएको शङ्कास्पद बस्तु । तस्बिर: गोरखापत्र

जानु पाण्डे

कपिलवस्तु, जेठ १७ गते । कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीमा शङ्कास्पद प्रेसर कुकर बम फेला परेको छ । कृषि विकास बैङ्क अगाडि सडक किनारमा तारले बेरेर राखिएको उक्त कुकर शङ्कास्पद देखिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक [एसपी] निरञ्जन दत्त भट्टले शङ्कास्पद बस्तुको डिस्पोजल गर्ने तयारी भएको बताउनु भयो । 

घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली खटिएको प्रहरीले जानकारी दिएको छ । शङ्कास्पद बस्तुमा ‘दलालहरू, जग्गा लुटपाट गर्ने तिमीहरू सुध्रिएनौ भने यो घरमा पनि लाग्न सक्छ’ भन्ने चेतावनीसहितको पर्चा टाँसिएको छ ।