• १८ जेठ २०८२, आइतबार

मध्यपाषाण युगको रातुखोला सभ्यता,उत्खननमा प्राप्त हतियार सङ्गृहीत

blog

बर्दीबास–३ स्थित पाटु क्षेत्रमा सङ्कलित पाषाणकालीन हतियार देखाउँदै पुरातत्त्वविद् । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, जेठ १७ गते । मानव सभ्यताको हजारौँ वर्ष पुराना एकपछि अर्को अनौठा र अद्भुद ढुङ्गे हतियार फेला पर्न थालेपछि बर्दीबास–३, पाटु आसपासका पुरातत्त्विक क्षेत्र चर्चा र चासोको विषय बनेको छ । यो रातु सभ्यता अन्तर्गतको क्षेत्र हो । यो भेगमा पाइलैपिच्छे फेला पर्दै गएका पाषाणकालीन हतियारले पुरातìव विभागका अन्वेषणकर्तालाई नै चकित पारेको छ । 

उहाँहरूका अनुसार मानव विज्ञान (एनथ्रोपोलोजी) र पुरातात्त्विक दृष्टिले पाटु सभ्यता रहस्य र रोमाञ्चले भरिएको छ । यस भेगमा छरपष्ट ढुङ्गे औजारले यहाँका धर्तीको गर्भगृहमा यस्ता हतियारको विशाल भण्डार हुन सक्ने सङ्केत गरेको उहाँहरूको भनाइ छ । 

जर्मन भूगर्भशास्त्री, जीवाश्म एवं पुरातìवविद् गड्रन कार्भिन्सले ४० वर्षअघि सन् १९८५ मा रातु सभ्यताबारे गहन अध्ययन गरे पनि यसको महìव उहाँको पुस्तकमै सीमित थियो । कार्भिन्सले अन्वेषणले उजागर गरेको तथ्यका आधारमा बर्दीबास नगरपालिकाको सहकार्यमा पुरातìव विभागको टोलीले साता दिनदेखि अध्ययन सुरु गरेपछि ढुङ्गे युगका थप रहस्य उजागर हुन थालेका छन् । 

अध्ययन टोलीमा संलग्न पुरातìव शाखा प्रमुख भाष्कर ज्ञवाली तथा भारतको आसामस्थित कटन विश्वविद्यालय पुरातìव विभागका विज्ञ मन्जिल हजारिकाले अध्ययन गरिएका करिब १० वर्ग किलोमिटर क्षेत्रमा अहिलेसम्म आदि मानवले प्रयोगमा ल्याएका सात प्रकारका हतियार सङ्ग्रह गरिएको बताउनुभयो । सङ्कलित हतियार कठोर प्रजातिका क्वार्टजाइट पत्थरबाट बनेकोे उहाँले देखाउनुभयो । 

सङ्ग्रह गरिएका हतियारमा सिकार काट्ने र तिनका हड्डी फोड्ने ‘युनिफेसियल चोपर्स, मासु टुक्रा पार्ने ‘नाइभ्स’, पशुको छाला ताछ्ने ‘स्व्रmापरस’, काठ र बाँस काट्ने हतियार ‘एडजेस’, माटोमुनिका कन्दमूललगायतका आहार खोस्रिने ‘पोइन्टस’, चुलेसीको काम लिने हतियार ‘नोच’ जस्ता हतियार सङ्ग्रह गरिएको उहाँहरूले बताउनुभयो । 

सङ्ग्रह भएकामध्ये ‘सुमात्रालिथ’ हतियार भने इन्डोनेसियाको जावा सुमात्रामा पाइएको प्राचीन हतियारसँग मिल्दोजुल्दो रहेको प्रोफेसर हजारिकाले बताउनुभयो । 

सङ्ग्रह गरिएका हतियार १० हजारदेखि आठ हजार इसापूर्वमध्ये पाषाण मेसोलिथिक युगको भएको उहाँको भनाइ छ । 

प्रोफेसर हजारिकाले भन्नुभयो, “सङ्कलित हतियार अनुमानित सात हजार वर्ष पुरानो हुनु पर्छ । अध्ययन गर्दै जाँदा अझ पुरानो पनि हुन सक्छ ।”

यी हतियार रातुखोला पश्चिम, भवसीखोला पूर्व, राइमण्डल डाँडा उत्तर र गौरीडाँडा आसपासदेखि उत्तरमा रहेको करिब १० वर्ग किलोमिटर क्षेत्रबाट सङ्ग्रह गरिएको अध्ययन टोलीको नेतृत्व गरिरहनुभएका पुरातìव विभाग प्रमुख भाष्कर ज्ञवालीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “अहिलेसम्म यी क्षेत्रका १८ ठाउँबाट १० बोरा जति प्राचीन हतियार सङ्कलन गरिसकेका छौँ । अझै दुई ठाँउको अध्ययन बाँकी छ ।”

पहिलो पटक यस भेगमा आउनुभएका प्रोफेसर हजारिकाका लागि त यो क्षेत्र नै बहुमूल्य प्राचीन सभ्यताको धरोहर हो । आफूले विगत १५ वर्षको अवधिमा भारतदेखि अफ्रिका र युरोपका क्षेत्रमा पुगेर पुराताìिवक अध्ययन गरे पनि पाषाण युगका हतियारको यति ठुलो भण्डार र विविधता यसअघि फेला नपारेको बताउनुभयो । 

उहाँले २० वटै साइडको अन्वेषण सकिएपछि सङ्कलित हतियारलाई प्रशोधन, वर्गीकरण, नक्साङ्कन र फोटोग्राफीलगायतका प्रव्रिmया पूरा गरी यसै वर्षको अन्त्यसम्ममा बर्दीबास नगरपालिका र पुरातत्त्व विभागलाई प्रतिवेदन बुझाइने ज्ञवालीले बताउनुभयो । 

प्रचीन हतियार क्षेत्रलाई होटेल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशले पनि चासोका साथ हेरेको छ । महासङ्घ अध्यक्ष हिरालाल गौतमले भन्नुभयो, “जीवनको खोजमा घुमन्ते जीवन बिताइरहेका आदि मानव बर्दीबास क्षेत्रमा कसरी आइपुगे अर्को अध्ययनको विषय हुन सक्ला । तथापि सभ्यताको विकास र आधुनिक मानवको उद्भवमा यहाँका आदिम हतियारले विश्वको ध्यान खिच्न सक्छ ।”