कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा नयाँ प्रजातिको चरा फेला परेको छ । सप्तकोशी नदीको बराज क्षेत्रमा कोशी टप्पु वन्यजन्तु आरक्षका लागी नयाँ प्रजातिको पानी चरा ‘लालकण्ठे फालारोप’ फेला परेको हो ।
अहिले सगरमाथा क्षेत्रमा फोहोरमैलाको समस्या र त्यसलाई सफा गर्नुपर्ने समस्या । दुई राउण्ड हामीले त्यसको अभियान चलाइसक्यौँ । तर पनि त्यो सफा भइसकेको छैन । अझै पनि हामीले अभियानका रुपमा सगरमाथालाई सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्नेछ । त्यसमा केही नीति नियम बनाउनुपर्नेछ ।
गण्डकी प्रदेशभर सार्वजनिक यातायात सेवा शुक्रबारदेखि ठप्प पारिएको छ ।
चीन र जापानले शुक्रबार उनीहरू आणविक फोहोर पानीको टोकियोको व्यवस्थापनलाई लिएर वर्षौंदेखिको विवाद अन्त्य गर्न नजिक पुगेको बताएका छन् । आणविक फोहोर पानीको टोकियोको व्यवस्थापनलाई लिएर बेइजिङले जापानी समुद्री खानाको आयातमा प्रतिबन्ध लगाएको थियो ।
हप्तौँको सुनुवाइ र ४० भन्दा बढी साक्षीको गवाहीपछि अर्जेन्टिनाको अदालतले बिहीबार एक टिभी मिनिसिरिजको स्क्यान्डलका कारण दिवङ्गत महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको चिकित्सक टोलीको मुद्दालाई रद्द गरेको छ ।
ताप्लेजुङमा २४ हजार बढी कृषक परिवार कृषि कर्ममा आबद्ध छन् । नौ वटा स्थानीय रहेको जिल्लामा कुल २४ हजार ३२ परिवार कृषि कर्म (पेशा) मा आवद्ध रहेका पाइएको हो ।
बाँकेको हुलाकी सडकअन्तर्गत नेपालगन्ज–बघौडा–अगैया सडकखण्डको राप्तीनदीको सिधनियाघाटमा निर्माणाधिन पुलको लम्बाई बढाउन बाँकेका तीन पालिकाले माग गरेका छन् ।
रामपुर नगरपालिकाले कृषकलाई अनुदानमा २१ टन भन्दा बढी धानको बिउ वितरण गरेको छ । धानको उत्पादकत्व वृद्धिका लागि नगरपालिकाले २१ हजार ९९८ किलोग्राम उन्नत बिउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो ।
नेपाल खनिज पदार्थको राम्रो सम्भावना बोकेको देश हो । देशका धेरै ठाउँमा फलाम खानी रहेका छन् । कतिपय फलामलगायतका खनिज उद्योगहरु सञ्चालनपश्चात् बन्द भएका पनि छन् ।
जिल्लाको गोरखा नगरपालिका–६ को पोखरीथोकमा रहेको ऐतिहासिक बिसे नगर्ची पार्क संरक्षणको पर्खाइमा रहेको छ ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले एशियाली राष्ट्रहरूबिच सहकार्य र नवप्रवर्तनमार्फत कृषि प्रणाली रुपान्तरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा १५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ।
तनहुँ जिल्लाको देवघाट गाउँपालिका–५ ठिमुरास्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बालिका बेपत्ता भएका छन् बिहबार साँझ ६ बजे पौडी खेल्ने क्रममा डुबेर बेपत्ता बालिकाको खोजीकार्यका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ ।
बजेट अभाव हुँदा बेनी–दरबाङ सडकको तेस्रो खण्ड रणबाङ–दरबाङ सडक कालोपत्रे योजना रोकिएको छ ।
रामेछाप सदरमुकाम मन्थलीमा लोप हुने अवस्थामा पुगिसकेको माझी भाषाको संरक्षण तथा लिखित रूपमा प्रवर्धन गर्ने उद्देश्यले “शिक्षक तालिम कार्यक्रम“ शुक्रबारबाट सुरु भएको छ ।