• १७ जेठ २०८२, शनिबार

गैँडाकोटमा भएको दुर्घटनामा दुई जना घाइते, एक गम्भीर

blog

नवलपुरको गैँडाकोटमा मोटरसाइकाल र बोलेरो एक आपसमा ठोक्किँएर भएको दुर्घटना । तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी
नवलपुर, जेठ १६ गते ।
नवलपुरको गैँडाकोटमा मोटरसाइकाल र बोलेरो एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गैँडाकोट नगरपालिका–२ भृकुटीचोकस्थित पूर्व–पश्चिम राजमागमा कांग्रेस चोकबाट चितवन तर्फ जाँदै गरेको लु ३ च ८४७७ नम्बरको बोलेरोलाई सोही दिशातर्फ जाँदै गरेको ना ६३ प २२६१ नम्बरको मोटर साइकलले ओभरट्याक गर्ने क्रममा विपरित दिसामा गुडिरहेको ना १ ज ४३४२ नम्बरको म्याजिक भ्यानमा ठोक्किँएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा मोटर साइकल चालक पर्साको बहुदरमाई गाउँपालिका–८ का ३० वर्षीय उमाशंकरकुमार पण्डित र  मोटर साइकलको पछाडि बसेका नवलपुर हुप्सीकोट गाउँ पालिका–३ का ३० वर्षीय सागर पाण्डे घाइते हुनुभएको छ । 

घाइते दुबैको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार पाण्डेको अवस्था गम्भीर रहेको छ ।