बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट साँझ घोषणा हुने छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रदेश सभाको बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्नु हुनेछ।
यो वर्षको बेरुजु सबैभन्दा बढी खाँडाचक्र नगरपालिकाको रहेको छ । खाँडाचक्र नगरपालिकाको बेरुजु रकम आर्थिक वर्ष २०८०-२०८१ को पाँच करोड ३३ लाख ७१ हजार २९९ रहेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १५औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेता खेलाडी र अफिसियलसहित टोलीलाई स्वागत गरेको छ ।
निर्माणाधीन अवस्थामा रहेको मादी मर्स्याङ्दी काेरिडोर अन्तर्गत तनहुँको व्यास नगरपालिका–९ स्थित डोटेलफाँट।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद योगेशकुमार भट्टराईले पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलीब्रिज भाँचिएकाले तत्काल त्यहाँ अर्को पुलको व्यवस्था गर्न आवश्यक भएको बताउनुभएको छ ।
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाले आइतबार एक विशेष कार्यक्रममार्फत पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मनसमेत जित्न सकेमात्र लोकतन्त्र दरिलो हुने वास्तविकतालाई मनन गरेर राष्ट्रसेवकहरूले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
कैलालीका एकजना कृषकले गर्मी मौसमा पनि लटरम्म सुन्तला फलाउनुभएको छ । जिल्लाको घोडाघोडी नगरपालिका –१ सुखडका सुनिलराज सापकोटाले घरको आँगनमा सुन्तला फलाउनु भएको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।
इजरायलमाथि रातभरि भएको इरानी आक्रमणको लहरमा बालबालिकासहित कम्तीमा आठ जनाको मृत्यु भएको आपत्कालीन सेवाले जनाएको छ । हवाई आक्रमणको साइरनले देशभरका लाखौँ मानिसलाई आश्रयस्थानमा लुक्न बाध्य बनाएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगप्रति जनविश्वास प्रबल रहेको बताउनुभएको छ ।
धादिङको नीलकण्ठ नगरपालिकाले ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला २०८२’ गरेको छ । युवाको सीप विकास, तालिम र रोजगारीका अवसर प्रवर्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो ।
अन्नपूर्ण गाउँपालिका–५ मा स्थित पर्यटकीय स्थल खोप्रालेक (खोपारा)मा आश्रयस्थल, पदमार्ग, सार्वजनिक शौचालयलगायत संरचना निर्माण गरिएको छ । यहाँ आउने पर्यटकको सहजताका लागि आश्रयस्थल, पदमार्ग, सार्वजनिक शौचालयलगायत संरचना निर्माण गरी स्वच्छ खानेपानीको व्यवस्था गरिएको हो ।
तनहुँको भानु नगरपालिकाले २० जना कृषकलाई सम्मान गरेको छ । नगद तथा प्रमाणपत्रसहित ‘नगर प्रमुख उत्कृष्ट किसान सम्मान’ बाट सम्मान गरिएको हो ।
बेनीघाट-आरुघाट-लार्केभन्ज्याङ सडक अन्तर्गत तातोपानीको अक्करे भिर खोपेर नेपाली सेनाले सडक निर्माण गरेको छ ।