• २५ कात्तिक २०८२, मङ्गलबार

सप्तरीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

blog

विनय कर्ण 
कल्याणपुर(सप्तरी), कात्तिक २५ गते ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

नगरपालिकाको वडा नम्बर ३ जितखोरास्थित सडक छेउमा सोमबार बेवारिसे अवस्थामा ६० वर्षीय पुरुषको शव फेला परेको हो ।

जितखोरा–भलुवा जाने सडकको दक्षिण किनारमा सोमबार शव फेला परेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

उहाँले मृतकको परिचय खुल्न बाँकी रहेको आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार ती पुरुष करिब ८–१० दिनदेखि सोही क्षेत्रमा बस्दै आएका थिए ।