सर्लाहीको कौडेना गाउँपालिका–५, छपकैयामा आइतबार बिहान लखन्देही खोलामा पानीको बहाव बढेर बाँध कटान गरेको छ ।
भारतीय राजदुतावासबाट २ थान “ख” वर्गको एम्बुलेन्स गोरखा नगरपालिका–६ र गोरखा अस्पताललाई हस्तान्तरण गरिएको छ । गोरखा अस्पताल र गोरखा नगरपालिका –६ को वडा कार्यालयलाई पेन्सन कार्यालय प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बगेलले एम्बुलेन्स हस्तान्तरण गर्नुभएको गोरखा नगरपालिका –६ का वडा अध्यक्ष दिलिपकुमार जोशीले जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद योगेशकुमार भट्टराईले पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएकाले तत्काल त्यहाँ अर्को पुलको व्यवस्था गर्न आवश्यक भएको बताउनुभएको छ।
ठेकेदारको बदमासीका कारण सर्लाहीको फूलजोर खोलाको पुल एक महिनादेखि बन्द छ ।
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ सालका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपियाँको वार्षिक राजश्व तथा व्ययको अनुमान प्रस्तुत गरेको छ ।
लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि बजेट वक्तव्यसहित छ वटा महत्त्वपूर्ण प्रस्तावहरू स्वीकृत गरेको छ । राप्ती उपत्यकाको देउखुरीमा आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सभामा पेस गरिने विधेयक, मापदण्ड र सूचित आदेशहरूलाई अनुमोदन गरेको हो ।
गण्डकी प्रदेश सभामा आर्थिक वर्ष २०८२/०८३ बजेट प्रस्तुत भएको छ । प्रदेशसभामा आइतबार गण्डकीका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले आर्थिक वर्ष २०८२/०८३ राजस्व र व्ययको अनुमान प्रस्तुत गर्नुभएको हो ।
बागलुङ नगरपालिकाले आगामी पाँच वर्षका लागि रोजगार रणनीति बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आवश्यक छलफल, रणनीति र कार्यनीतिको मस्यौदामाथि छलफल सुरु गरेको छ ।
विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भइ फरार रहेका ७६ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अदालतबाट फैसला भए पनि लुकीछिपी बस्दै आएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवासम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको छ ।
सामाजिक सुरक्षा भत्ता मिलेमतोमा वितरण गरेको आरोपमा १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पृथ्वीराजमार्गमा पर्ने व्यास नगरपालिका–१२ कमलबारीमा स्कुटर आइतबार दिउँसो १ः४५ बजे दुर्घटना हुँदा चालक (छोरा) को मृत्यु भएको छ । बुवा घाइते हुनु भएको छ ।
सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलबिच सहमति नजुट्दा कर्णाली प्रदेशसभा बैठक अनिश्चित बनेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद भीमप्रसाद आचार्यले राजस्व चुहावटलाई नियन्त्रण गर्नसक्ने हो भने लक्ष्यअनुसार राजस्व उठाउन सकिने धारणा राख्नुभएको छ।
मधेश प्रदेश सरकारका प्रवक्ता एवम गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले समाज रूपान्तरणमा कलाकारहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।